close

गेमिङ एक्सेसरिज ब्रान्ड ब्ल्याकशार्कका स्मार्टवाच र इयरबड भोलिदेखि नेपाली बजारमा

टेकपाना टेकपाना

मंसिर १०, २०८१ ११:३३

गेमिङ एक्सेसरिज ब्रान्ड ब्ल्याकशार्कका स्मार्टवाच र इयरबड भोलिदेखि नेपाली बजारमा

काठमाडौं । चर्चित गेमिङ एक्सेसरिज ब्रान्ड ब्ल्याकशार्क नेपाली बजारमा आउने तयारी अन्तिम चरणमा पुगेको छ । भोलि मङ्गलबारदेखि सो ब्रान्डका एक्सेसरिज औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक हुने भएका हुन्  । 

नेपालको प्रमुख इलेक्ट्रोनिक्स तथा ग्याजेट मार्केट प्लेस मोबाइलमान्डुले ब्ल्याकशार्क गेमिङ एक्सेसरिज नेपाल भित्र्याउँदैछ । मङ्गलबारदेखि मङ्सिरसम्म  गेमिङसँगै स्वास्थ्य तथा प्रविधिमा चासो राख्ने ग्राहकले सो ब्रान्डका उच्च गुणस्तरीय स्मार्टवाच र इयरबडको बारेमा जानकारी लिन र प्रयोग गर्न सक्ने छन् । 

दराज र मोबाइलमान्डुको प्लेटफर्मबाट यी सामग्री खरिद गर्न सकिनेछ । ब्ल्याकशार्कको नेपाली बजारमा सार्वजनिक भएको अवसरमा सीमित समयका लागि आकर्षक छुट र अन्य अफर समेत उपलब्ध हुने अपेक्षा गरिएको छ । प्रिमियम एक्सेसरिजलाई अझ सबैको पहुँचमा ल्याउनका लागि सीमित समयसम्म ५० प्रतिशत छुट अफर उपलब्ध हुने कम्पनीले जनाएको छ । 

त्यसैगरी पहिलो ५० ग्राहकले जीटी ३ नियो स्मार्टवाच र टी ९ इयरबडमा विशेष छुट प्राप्त गर्ने छन् । यी बाहेक सुरुमै एक्सेसरिज किन्ने ग्राहकलाई ग्याजेटको अनुभव लिन र ब्रान्ड भ्यालु बुझाउन सहजताका लागि स्पेसल गिफ्ट ह्याम्पर समेत प्रदान गरिने बताइएको छ । 

सहभागीहरूमा उत्साह भर्न र पुरस्कृत गर्न एक ग्रान्ड गिभअवे कार्यक्रम समेत गरिने भएको छ । जसमा विभिन्न भाग्यशाली ग्राहकलाई ५० हजार रुपैयाँ मूल्यको ब्ल्याकशार्क प्रोडक्ट उपलब्ध गराइने छ । 

मोबाइलमान्डुले हाल पहिलो चरणमा विभिन्न मोडेलका स्मार्टवाच र इयरबड बिक्रीका लागि उपलब्ध गराउने छ । 

७ देखि २१ दिन सम्मको ब्याट्री लाइफ भएका यी स्मार्टवाच गेमिङमा प्रयोग गर्न सकिन्छ । यस बाहेक यी ग्याजेट स्पोर्ट्स र हेल्थ चेकअपका लागि समेत विशेष उपयोगी हुने दाबी गरिएको छ । 

कम्पनीका अनुसार इयरबडको ब्याट्री लाइफ भने ४० घण्टा सम्म रहेको छ । मोबाइलमान्डु र दराजको सोसल मिडिया प्लेटफर्मबाट यी सामग्री खरिद गर्न सकिने छ । 

हाई पर्फमेन्स गेमिङ एक्सपिरियन्स प्रदान गर्नका लागि ब्ल्याक शार्कले विभिन्न डिभाइस, एक्सेसरिज र सफ्टवेयर उत्पादन गर्दै आएको छ । सन् २०१७ मा विश्व प्रसिद्ध स्मार्टफोन निर्माता कम्पनी साओमीको सहायक कम्पनीको रूपमा स्थापना भए पनि हाल यो कम्पनी स्वतन्त्र रूपमा क्रियाशील छ । ब्ल्याकशार्कका उत्पादन विश्वमै लोकप्रिय मानिन्छन् ।

 

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८१ ११:३३