काठमाडौं । ग्लोबल आईएमई बैंकको डिजिटल बैंकिङ सेवा अवरुद्ध भएको छ । काठमाडौं महानगरपालिकाले तार व्यवस्थापन गर्ने क्रममा नेपाल टेलिकम र अन्य इन्टरनेट सेवा प्रदायकको सेवा अवरुद्ध हुँदा डिजिटल बैंकिङ सेवा समेत प्रभावित भएको हो ।
बैंकले एक सूचना प्रकाशित गर्दै अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ । "यसबाट ग्राहक महानुभावहरूमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं," बैंकले भनेको छ ।
पछिल्लो समय न्युरोड लगायतका क्षेत्रमा तार भूमिगत गर्ने क्रममा इन्टरनेट सेवा व्यवस्थित नभएकाले इन्टरनेट सेवा जडानमा समेत समस्या आइरहेको छ ।