काठमाडौं । सामसङले नेपालमा ठुलो क्षमताका दुई नयाँ बिस्पोक एआई वाशिङ मसिन सार्वजनिक गरेको छ । सामसङ नेपालले १२ केजीसम्मको क्षमता र एआई–वाश जस्ता फिचर भएको वाशिङ मसिन बजारमा ल्याएको हो ।
यसमा ऊर्जा बचत गर्दै कपडा सुरक्षित राख्ने एआई इकोबबल जस्ता अत्याधुनिक सुविधाहरू समेत रहेको कम्पनीले जनाएको छ । स्मार्ट थिङ्स एपको सहयोगमा स्मार्टफोनबाटै नियन्त्रण गर्न सकिने सामसङको यो नयाँ वाशिङ मसिनले लुगा धुने प्रक्रिया सजिलो बनाउँछ ।
यसका साथै धुलाईको किसिमलाई बुझी एआई पर्सन्लाइजेसन सुविधाले उपयुक्त धुलाई साइकल पनि सुझाउँछ । यसमा भएको स्पेसम्याक्स प्रविधिले सानो आकारको यो मसिनलाई घरमा सजिलै फिट हुने बनाउँछ र १२ केजीसम्मको लुगाको लोड सजिलै धुन सक्छ ।
स्लिक डिजाइन र सजिलो इन्टरफेस युक्त यो वाशिङ मसिन दक्षता, दिगोपन र राम्रो अनुभवमा केन्द्रित रहेको छ । यो मसिनले नेपालमा लन्ड्री गर्ने नयाँ तरिका प्रस्तुत गरेको दाबी कम्पनीले गरेको छ । १२ केजी लाइन-अपको यो वाशिङ मसिन डायल कन्ट्रोल भएको WW12DG5B24AXIM र एलईडी डिस्प्ले भएको WW12DG6B24ABIM गरी दुई ओटा मोडेलमा उपलब्ध छ । यी दुवै मोडेलको मूल्य क्रमशः १ लाख १४ हजार ९९० र १ लाख २० हजार ९९० रुपैयाँ रहेको छ ।
यो वाशिङ मसिनलाई सामसङ कन्जुमर इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड र आधिकारिक पुनः र्विक्रेता त्रिवेणी व्यापार प्राइभेट लिमिटेडका डिलर नेटवर्क अन्तर्गत नेपालभर उपलब्ध गराइएको छ ।