नेपाली ब्रान्ड एमडब्लूसीको नयाँ इयरबड अस्भा प्रो १९ साउनमा सार्वजनिक हुँदै
साउन १२, २०८२ १६:४३
काठमाडौँ । नेपाली ब्रान्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी) ले आफ्नो नयाँ प्रिमियम इयरबड अस्भा प्रो सार्वजनिक गर्ने भएको छ । कम्पनीका अनुसार आगामी १९ साउन (४ अगस्ट) मा नयाँ इयरबड सार्वजनिक गर्न लागिएको हो ।
नयाँ अस्भा प्रोमा ब्लुटुथ ५.४ भर्सनमा उपलब्ध हुनेछ । ९० घण्टा प्ले टाइम भएको यो इयरबडको स्ट्यान्ड बाइ समय ३०० घण्टा रहेको छ । यसमा ५ भोल्टेजको चार्जर उपलब्ध हुनेछ, जसले इयरबडलाई डेढ घण्टामा फुल चार्ज गर्न सकिने छ ।
कम्पनीका अनुसार इयरबडमा ४० एमएएच र केसमा ८०० एमएएच क्षमताको ब्याट्री छ । १० एमएम ड्राइभर युक्त यो इयरबडले उच्च गुणस्तरको अडियो अनुभव दिने बताइएको छ । यो इयरबड सेतो र कालो गरी दुई कलर भेरियन्टमा उपलब्ध हुनेछ ।
हाइब्रिड एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) को सुविधासँगै फिडब्याक, फिडफर्वड र टक माइक गरेर एक जोडी एयरबडमा ६ ओटा माइक्रोफोन राखिएका छन् । यस्तै ४५ मिलिसेकेन्ड लो लेटेन्सीसहितको गेमिङ मोड, डुअल डिभाइस पेयरिङ, वाटर रेसिस्टेन्ट लगायतका सुविधा समेत यसमा उपलब्ध छन् ।
पछिल्लो अध्यावधिक: साउन १२, २०८२ १६:४४
