एम्बिसन गुरु कलेजको लर्न एन्ड अर्न कार्यक्रमः भर्ना हुने बित्तिकै विद्यार्थीलाई ‘जागिर’
भदौ १७, २०८२ २१:५५
काठमाडौँ । एम्बिसन गुरु कलेजले ‘लर्न एन्ड अर्न’ (पढ्दै कमाउँदै) कार्यक्रम ल्याएको छ । यस कार्यक्रम अन्तर्गत कलेजमा भर्ना हुने बित्तिकै विद्यार्थीले जागिर पाउने कलेजले दाबी गरेको छ ।
सुन्दा अलि अपत्यारिलो लागे पनि एम्बिसन गुरु कलेजले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक सीप र अनुभव प्रदान गर्न यो नौलो प्रयास गरेको हो । कलेजका अनुसार बीएससी सीएसआईटी, बीसीए र बीबीएमा भर्ना भएका विद्यार्थीलाई भोलिपल्टदेखि नै जागिर दिने गरिएको छ । कलेजको भर्ना अहिले पनि खुल्ला रहेको छ ।
‘लर्न एन्ड अर्न’ कार्यक्रम: पढ्दै कमाउँदै, अनुभव बटुल्दै
एम्बिसन गुरु कलेजको ‘लर्न एन्ड अर्न’ कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीलाई पढाइसँगै काममा जोडेर अनुभवी बनाउनु हो । यसले विद्यार्थीहरूलाई आफ्नो कलेज शुल्क आफैँ तिर्न सक्ने बनाउँछ । बिहान पढाइ सकेपछि विद्यार्थीहरू दिउँसो एम्बिसन गुरुका विभिन्न प्रोजेक्टहरूमा काम गर्छन् र केही तलब पनि पाउँछन् ।
आईटी क्षेत्रमा सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नहुने भएकाले कलेजले नियमित तालिम, अनुभवी र सहयोगी शिक्षकहरू सहित सबै सुविधा कक्षा कोठामै प्रदान गर्दछ । विद्यार्थीहरूले कलेजलाई कम्पनीमै आबद्ध भएको महसुस गर्ने क्याम्पस प्रमुख प्रकाश पाण्डेले बताए ।
बीसीए दोस्रो सेमेस्टरकी छात्रा लिजा कुँवरले एम्बिसन गुरु कलेज जोइन गर्ने बित्तिकै इन्टर्नशिप सुरु गरेको बताइन् । उनले क्वालिटी एस्योरेन्स र कोडिङ लगायतका धेरै कुरा सिक्ने मौका पाएको र आर्थिक रूपमा पनि धेरै सहयोग पुगेको उल्लेख गरेकी छिन् ।
दोस्रो सेमेस्टरकै अर्का विद्यार्थी सुदिप सुन्दासले आफूले पहिलो सेमेस्टरदेखि नै मा गर्दै आएको र अहिले वेब डेभलपमेन्टमा इन्टर्न गरिरहेको बताएका छन् । उनले अनुभवी सुपरभाइजरहरूबाट सिक्न पाएकोले ब्याचलर सकेपछि इन्टर्नशिप खोजिरहनु पर्ने समस्या नहुने र इन्डस्ट्रीमा कसरी काम गर्ने भन्ने कुरा चाँडै सिक्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
धेरैजसो कलेजमा पढाइ सकेपछि विद्यार्थीको हातमा प्रमाणपत्र मात्र हुने गर्छ । तर एम्बिसन गुरुको ‘लर्न एन्ड अर्न’ कार्यक्रमले पढाइकै क्रममा कर्पोरेट कल्चर जान्ने मौका दिएको छ । यसले गर्दा कलेज सकिँदा उनीहरूसँग प्रमाणपत्र मात्र नभई सीप, कामको अनुभव र उद्यमशीलताको ज्ञान पनि हुनेछ । बीसीए दोस्रो सेमेस्टरका विद्यार्थी अशिम कर्माचार्यले कलेजको पहिलो दिनदेखि नै छुट्टै किसिमको वातावरणमा घुलमिल हुन पाएको र कर्पोरेट अफिसमा कसरी व्यवहार गर्ने र कस्तो वातावरणमा काम गर्ने भन्ने कुरा सिक्न पाएको बताएका छन् । यो सीपले ४ वर्षपछिको भविष्यका लागि र जुनसुकै ठाउँमा पनि काम गर्न सजिलो हुने उनको विश्वास छ ।
क्याम्पस प्रमुख पाण्डेले कलेज पढ्दा पढ्दै सीप सिकेपछि विद्यार्थीलाई भविष्यमा इन्टर्नको नाममा भौँतारिनुपर्ने बाध्यता हट्ने बताए । कलेजका धेरैजसो विद्यार्थीले एम्बिसन गुरुका विभिन्न प्रोजेक्टमा काम गरिरहेका छन ।
पाण्डेले भने, “एम्बिसन गुरुमा फुल टाइम र पार्ट टाइम गरी झन्डै १ हजार जना कर्मचारी छन्, हामीलाई अझै धेरै कर्मचारी चाहिएको छ । बाहिरबाट जनशक्ति ल्याउँदा उनीहरूलाई सिकाउनै लामो समय लाग्छ । हाम्रा यहाँका विद्यार्थी काममा निपूर्ण हुने हुँदा हामीलाई पनि यो कार्यक्रमले राम्रो गरेको छ । ”
उद्यमशीलता प्रोत्साहन: १ करोडको ‘सिड फन्ड’
एम्बिसन गुरु कलेजले विद्यार्थीका नवप्रवर्तनकारी (इनोभेटिभ) आइडियाहरूलाई मूर्तरूप दिनका लागि १ करोड रुपैयाँको सिड फन्ड छुट्याएर ‘आइडिया इन्कुबेसन प्रोग्राम’ पनि सुरु गरेको छ । राम्रो वातावरणमा पढ्दै र सिक्दै गर्दा विद्यार्थीसँग जन्मिने गज्जबका आइडियाहरू लगानीको अभावमा मर्न नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।
क्याम्पस प्रमुख प्रकाश पाण्डेका अनुसार यदि कुनै विद्यार्थीसँग समाजमा मूल्य थप्ने र रूपान्तरण गर्ने खालको एकदमै राम्रो आइडिया छ भने त्यस्ता १० वटा प्रोजेक्टका लागि हरेक वर्ष १ करोड रुपैयाँ छुट्याइनेछ । प्रत्येक प्रोजेक्टलाई सुरुमा १० लाख रुपैयाँ सिड फन्डिङ दिइनेछ र आवश्यकता अनुसार उक्त रकम बढाउन सकिनेछ । यसबाट विद्यार्थीले आफ्नै कम्पनी स्थापना गर्न सक्नेछन् ।
एम्बिसन गुरु कलेजले विद्यार्थीलाई पढाइ, इन्टर्नशिप, जागिर र आफ्नै कम्पनी खोल्नका लागि फन्डसमेत उपलब्ध गराएर भविष्यका लागि तयार पार्ने लक्ष्य लिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ १७, २०८२ २२:३२
