close

सफ्टवेयरमार्फत क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा धनगढीबाट २ भारतीयसहित ९ जना पक्राउ

टेकपाना टेकपाना

साउन ४, २०८३ ११:०

सफ्टवेयरमार्फत क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा धनगढीबाट २ भारतीयसहित ९ जना पक्राउ

काठमाडौं । कैलाली प्रहरीले अवैध रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार गरेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-७ स्थित एक घरमा छापा मार्दा सफ्टवेयरमार्फत क्रिप्टोकरेन्सी कारोबार भइरहेको फेला परेको थियो ।

प्रहरीले घटनास्थलबाट ९ जनालाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।

पक्राउ पर्नेमा कैलालीका ३४ वर्षीय प्रेम बहादुर साउद, उदयपुरका ३४ वर्षीय दिपिन मगर, भारत नयाँदिल्लीका ३६ वर्षीय रवि कुमार सूर्यवंशी, भारतकै हरियाण राज्यका ३७ वर्षीय दिपक कुमार जाट र भरतपुर चितवनका ३७ वर्षीय जितेन्द्र कट्टेल रहेका छन् । 

उनीहरूसँगै ललितपुर महालक्ष्मीका ४३ वर्षीय कुमार मोक्तान, काठमाडौं कागेश्वरी मनहराका ४५ वर्षीय राजन चुँडाल, झापा दमकका ४६ वर्षीय हरि प्रसाद चापागाईं र कैलाली धनगढीका ३९ वर्षीय ज्ञानेन्द्र ढकाल पनि पक्राउ परेका छन् । पक्राउ परेका ९ जनामाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८३ ११:०