close

आईफोन १८ प्रो म्याक्सको आल्मुनियम फ्रेम तीन कलरमा लिक, सार्वजनिक हुनुअघि देखियो यस्तो लुक्स

टेकपाना टेकपाना

जेठ २२, २०८३ ११:४१

आईफोन १८ प्रो म्याक्सको आल्मुनियम फ्रेम तीन कलरमा लिक, सार्वजनिक हुनुअघि देखियो यस्तो लुक्स

काठमाडौं । एप्पलको आगामी फ्ल्यागशिप स्मार्टफोन आईफोन १८ प्रो म्याक्स का तीनवटा नयाँ कलर सार्वजनिक हुनुअघि नै लिक भएका छन् । सामाजिक सञ्जालमा बाहिरिएका तस्बिरहरूमा उक्त मोडेलका आल्मुनियम बडी फ्रेमहरू देखिएका छन् ।

यसअनुसार आईफोन १८ प्रो म्याक्स ‘डार्क चेरी’, ‘क्लाउड ब्लू’ र ब्ल्याक कलरमा उपलब्ध हुनेछ । यद्यपि, एप्पलले यी कलरहरूको आधिकारिक नामाकरण के राख्छ भन्ने कुरा प्रष्ट भइसकेको छैन ।

विशेषगरी डार्क चेरी वा रेड वाइन जस्तो देखिने गहिरो रातो रंग यस पटकको मुख्य आकर्षण हुने अनुमान छ । एप्पलले प्रो र प्रो म्याक्स मोडेलका लागि लामो समयदेखि यस्तो कलर ल्याउने चर्चा चल्दै आएको थियो ।

त्यसैगरी, ‘क्लाउड ब्लू’ निकै चहकिलो र आकर्षक देखिएको छ । यो एप्पलकै म्याकबुक एयरमा प्रयोग हुने हल्का नीलो रंगभन्दा केही फरक र गाढा रहेको बताइएको छ ।

एप्पलले आगामी सेप्टेम्बर महिनामा आईफोन १८ प्रो र १८ प्रो म्याक्ससँगै आईफोन अल्ट्रा पनि सार्वजनिक गर्ने चर्चा छ । त्यस्तै, आईफोन १८ र आईफोन १८ई भने आगामी वर्ष बजारमा आउने अनुमान गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८३ ११:४१