काठमाडौं । देशभित्र र विदेशबाट प्रदान गरिने राहदानी सेवा २ देखि ३ दिनसम्म बन्द रहने भएको छ । हाल सञ्चालनमा रहेको राहदानी प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण (माइग्रेसन) गर्नका लागि सेवा बन्द गर्न लागिएको विभागले जानकारी गराएको छ ।
विभागले शुक्रबार जारी गरेको जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म (८–१० जुलाई) तीन दिन बन्द रहनेछ । त्यस्तै, राहदानी विभागबाट प्रदान गरिने सेवा असार २५ र २६ गते (९–१० जुलाई) दुई दिनका लागि बन्द हुनेछ ।
विभागका अनुसार असार २९ गते (१३ जुलाई) देखि राहदानी सेवा नयाँ प्रणालीमार्फत सञ्चालनमा आउनेछ । राहदानी विभागले नयाँ प्रणाली लागू भएसँगै सेवा प्रवाहलाई थप सुरक्षित, प्रभावकारी र सहज बनाउने अपेक्षा गरेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असार १९, २०८३ २३:३७
