close

ताम्राकार हाउसमा खुल्यो शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर

टेकपाना टेकपाना

असार २५, २०८३ १०:५९

ताम्राकार हाउसमा खुल्यो शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले काठमाडौंको न्युरोडमा रहेको ताम्राकार हाउसको छैटौं तलामा नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ सर्भिस सेन्टरमार्फत शाओमीका स्मार्टफोन, वेअरएबल्स (स्मार्टवाच र फिटनेस ब्यान्ड), हियरएबल्स (इयरफोन/हेडफोन) तथा आइओटी उपकरणहरूको मर्मत, सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ ।


सर्भिस सेन्टरले शाओमीका वास्तविक (जेन्युइन) स्पेयर पाट्र्स उपलब्ध गराउनुका साथै ग्राहकलाई गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्ने कम्पनीको दाबी छ । यो सर्भिस सेन्टरको सञ्चालन वत्सल ईम्पेक्स प्रा.लि.ले गर्नेछ । शारदा ग्रुपअन्तर्गतको यो कम्पनीले शाओमी ब्रान्डका लागि आधिकारिक सर्भिस प्रदान गर्दै आएको छ ।


वत्सल इम्पेक्सका निर्देशकहरू गौरव शारदा र नितेश कुमार मुन्द्राले नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आएसँगै शाओमीका ग्राहकहरूलाई अझ छिटो, सहज र गुणस्तरीय सेवा दिन सकिने बताएका छन् । नयाँ सर्भिस सेन्टरमा दक्ष प्राविधिकहरूले सामान्य मर्मतदेखि जटिल प्राविधिक समस्यासम्मका सेवा आधिकारिक मापदण्डअनुसार उपलब्ध गराउने कम्पनीले जानकारी गराएको छ । शाओमी प्रयोगकर्ताहरूले तत्काल सर्भिस र सल्लाहका लागि सो स्थानमा सम्पर्क गर्न सक्नेछन् ।
 

पछिल्लो अध्यावधिक: असार २५, २०८३ १०:५९