close

जीडब्लुएमको ‘ड्रागन आर्मर’ ब्याट्री: आगलागी हुँदा ज्वाला क्याबिनमा होइन, भुइँतिर निस्कने

टेकपाना टेकपाना

साउन ५, २०८३ ८:१३

जीडब्लुएमको ‘ड्रागन आर्मर’ ब्याट्री: आगलागी हुँदा ज्वाला क्याबिनमा होइन, भुइँतिर निस्कने

काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) को लोकप्रियतासँगै ब्याट्री सुरक्षाप्रति उपभोक्ताको चासो बढ्दै गएको छ । यसैबिच बेला ग्रेट वाल मोटर (जीडब्लुएम) ले आफ्नो ‘ओरा ५ ईभी एसयूभी’ मा प्रयोग गरिएको ‘ड्रागन आर्मर ब्याट्री’ ले आगलागीको अवस्थामा समेत यात्रुको सुरक्षालाई प्राथमिकता दिने विशेष संरचना अपनाएको जनाएको छ । 

कम्पनीका अनुसार जीडब्लुएमको सहायक कम्पनी एसभोल्ट इनर्जी (SVOLT Energy) ले विकास गरेको यो ब्याट्रीमा ‘डाउनवर्ड भेन्टिङ’ (Downward Venting) प्रविधि प्रयोग गरिएको छ । यस प्रविधिअन्तर्गत कुनै असामान्य अवस्था सिर्जना भई तापक्रम अत्यधिक बढ्दा वा आगलागीको जोखिम उत्पन्न हुँदा ब्याट्रीबाट निस्कने ग्यास र ज्वाला सवारीको क्याबिनतर्फ नभई भुइँतिर निर्देशित हुन्छ ।

कम्पनीले ‘ड्रागन आर्मर’ नामको आधार पनि यसको आन्तरिक संरचनालाई बनाएको जनाएको छ । कम्पनीका अनुसार ब्याट्रीभित्र रहेका सेलहरू ड्रागनका खप्टाजस्तै तह-तहमा मिलाएर राखिएको छ । यही संरचनाले आपत्कालीन अवस्थामा ताप र आगोको प्रभावलाई नियन्त्रण गर्दै यात्रु बस्ने भागलाई थप सुरक्षित बनाउन सहयोग गर्ने दाबी गरिएको छ ।

नेपालमा सार्वजनिक गरिएको ओरा ५ ईभी एसयूभीमा प्रयोग गरिएको यो ब्याट्री पूर्ण रूपमा एसभोल्टले विकास तथा उत्पादन गरेको हो । कम्पनीका अनुसार यसमा पानी प्रतिरोधी सुरक्षा, लामो ड्राइभिङ रेन्ज, फास्ट चार्जिङ क्षमता र उच्च कार्यसम्पादनका विशेषता पनि समावेश छन् ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८३ ८:१९