close

मोबाइलमै टेलिभिजन हेर्न मिल्ने डिसहोमको एप, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

फागुन २३, २०७६ १५:४५

मोबाइलमै टेलिभिजन हेर्न मिल्ने डिसहोमको एप, यसरी गर्नुहोस् प्रयोग

स्याटेलाइट टेलिभिनज प्रशारक डिसहोम मिडिया नेटवर्क प्रालिले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने गरी एप ल्याएको छ । कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी डिस होम गो नामक एप्लिकेसन ल्याएको हो ।

सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी (ओभर दी टप) प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यसका लागि प्ले स्टोरबाट डिसहोम गो लाइभ ओटीटी एप डाउनलोड गर्नुपर्ने हुन्छ । उक्त एपमा इन्टरनेट कनेक्सन हुँदाको समयमा २० वटा च्यानल हेर्न सकिनेछ ।  

यसरी हेर्नुहोस् एपमै टेलिभिजन

गूगलको प्ले स्टोर तथा एप्पलको एप स्टोरबाट डिसहोमको मोबाइल एप डाउनलोड गर्नुहोस् र डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरी रजिस्टर गर्नुहोस् । 

यदि तपाईंले यस अघि नै डिसहोमको मोबाइल एप डाउनलोड गरिसक्नुभएको छ भने ओटीटी फिचर भएको नयाँ एप अपडेट गर्नुपर्ने हुन्छ ।

डिसहोमको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

एप लगइन  गरिसकेपछि तपाईंले त्यहाँ पुछारमा ओटीटी बटन फेला पार्नुहुनेछ । त्यसभीत्र नयाँ रजिस्ट्रेसन, रिन्यू सब्स्कृप्सन, पासवर्ड रिसेटको विकल्प देख्नुहुनेछ ।

त्यसबाट तपाईंले युजर नेम र पासवर्ड प्राप्त गर्न सक्नुहुनेछ । जसलाई तपाईंले ‘डिसहोम गो’ एपमा टेलिभिजन च्यानल हेर्नका लागि प्रयोग गर्न सक्नुहुन्छ । 

डिसहोम गो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

तपाईंले ओटीटी एप तथा डिसहोमको नियमित एप मध्ये आफ्नो अनुकुलतामा जताबाट पनि पासवर्ड रिसेट गर्न सक्नुहुन्छ । यदि युजरनेम तथा पासवर्ड विर्सेको खण्डमा डिसहोम एपमा गएर त्यहाँ रहेको ओटीटी बटनभीत्रको भ्यू क्रेडेन्सियलबाट हेर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०