close

एक इन्चको क्यामेरा सेन्सरसहित लाइकाले सार्वजनिक गर्‍यो आफ्नो पहिलो स्मार्टफोन

टेकपाना टेकपाना

असार ५, २०७८ १६:३३

एक इन्चको क्यामेरा सेन्सरसहित लाइकाले सार्वजनिक गर्‍यो आफ्नो पहिलो स्मार्टफोन

काठमाडौं । क्यामेराका लागि प्रशिद्ध कम्पनी लाइकाले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले लाइका लाइट्ज फोन वान नामक स्मार्टफोन बजारमा ल्याएको हो

लाइट्ज फोन वानको सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यसमा रहेको २० मेगापिक्सेल केयामेरा सेन्सर हो । जसको साइज १ इन्च रहेको छ । यो सेन्सरको फोकल लेन्थ १९ एमएम रहेको छ ।

फोनमा क्यामेरा सेटअपका लागि एउटा म्याग्नेटिक लेन्स क्याप समेत दिइएको छ । पछाडि भागमा रहेको क्यामेरालाई सर्कुलर डिजाइन दिइएको छ । अगाडि भागमा पञ्चहोल डिस्प्ले सहितको क्यामेरा सेटअप छ ।

लाइकाको पहिलो स्मार्टफोन हालका लागि जापानमा सार्वजनिक गरिएको हो । यो फोनको मूल्य १८७,९२० जापानी यन रहेको छ । यो फोन सफ्ट बैंकको साइटमा लिस्ट गरिएको छ । यसको बिक्री लाइका सिल्भर कलर भेरियन्टमा आउँदो महिनादेखि सुरु हुने बताइएको छ ।

लाइका लाइट्ज फोन वानमा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम रहेको छ ।६.६ इन्चको यूएक्सजीए प्लस ओएलईडी डिस्प्ले रहेको यो फोनको रेजोलुसन २७३० बाई १२६० पिक्सेल रहेको छ । फोनमा स्नापड्रागन ८८८ प्रोसेसर, १२ जीबी र्‍याम र २५६ जीबी सम्मको स्टोरेज दिइएको छ । जसलाई मेमोरी कार्डमार्फत एक टीबीसम्म विस्तार गर्न सकिन्छ ।

यो फोनको पछाडि भागमा १ इन्च आकारको क्यामेरा सेन्सर राखिएको छ । एफ/१.९ अपार्चर रहेको फोनको मेन क्यामेराको साथमा एउटा मोनक्रोम मोड समेत छ । जुन ब्ल्याक एण्ड ह्वाइट फोटो क्लिक गर्नका लागि दिइएको हो । साथै फोनको अगाडि भागमा सेल्फीका लागि १२.६ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ । साथै फोनमा अल्ट्रासोनिक फिंगरप्रिन्ट सेन्सर समेत छ । कनेक्टिभिटीका लागि यसमा यूएसबी टाइप सी, वाईफाई ८०२.११ एएक्स, ब्लुटुथ भी ५.२, भीओएलटीई, डुअल ब्याण्ड वाईफाईसँगै फेस अनलक फिचर समेत रहेको छ । यो फोनको तौल २१२ ग्राम रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६