close

साओमी नोट ११ मा २०० मेगापिक्सेल क्यामेरा !

टेकपाना टेकपाना

माघ ३, २०७८ ९:३७

साओमी नोट ११ मा २०० मेगापिक्सेल क्यामेरा !

काठमाडौं । सन् २०२० मा साओमीले विश्वमै पहिलो पटक १०८ मेगापिक्सेल क्यामेरा भएको स्मार्टफोन ‘मि नोट १०’ ल्याएको थयो । अब भने कम्पनीले ‘साओमी नोट ११’ ल्याउने तयारी गरेको छ ।

बजारमा चलेका चर्चालाई आधार मान्ने हो भने ‘साओमी नोट ११’ मा २०० मेगापिक्सेलको मुख्य सेन्सर हुनेछ, र यो सेन्सर क्षमता भएको विश्वकै पहिलो स्मार्टफोन बन्नेछ ।

हालै ओम्निभिजनले २०० मेगापिक्सेल (१६३८४x१२२८८ पिक्सेल) को सेन्सर सुरूवात गरेको छ, जसमा केही रोचक सुविधा र धेरै उन्नत प्रविधि रहेको दाबी गरिएको छ ।

साओमीले यस विषयमा केही नखुलाए पनि विभिन्न प्रविधि पण्डितले आगामी मिडरेन्ज फाेन ‘साओमी नोट ११’ मा ओम्निभिजनकाे याे सेन्सर प्रयोग हुनसक्ने बताएका छन् ।

यसअघि सामसङले पनि २०० मेगापिक्सेल सेन्सर तयार पारेकाे खबर बाहिरिएको थियो, जुन पहिलाे पटक सामसङ ग्यालेक्सी एस२३ मा प्रयाेग हुने चर्चा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२