close

अनलाइनमा कसैले दुर्व्यवहार गर्‍यो ? ईमेलमार्फत साइबर ब्यूरोमा यसरी दिनुहोस् उजुरी

टेकपाना टेकपाना

फागुन १२, २०७८ ७:२०

अनलाइनमा कसैले दुर्व्यवहार गर्‍यो ? ईमेलमार्फत साइबर ब्यूरोमा यसरी दिनुहोस् उजुरी

काठमाडाैं । इन्टरनेटको युगमा अनलाइन दुर्व्यवहार एकदमै सामान्य भइसकेको छ । धेरैजसाे किशोरावस्थाका प्रयोगकर्ता दैनिक अनलाइन बुलिङको सामना गरिरहेका हुन्छन् ।

तर बिडम्बनाको विषय त्यसमध्ये आधाले यस किसिमका गतिविधि विरुद्ध कहिल्यै रिपोर्ट गर्दैनन् । किनभने उनीहरुलाई रिपोर्ट तथा उजुरी गर्ने प्रक्रियाको कुनै जानकारी नै हुँदैन । 

त्यस्ता दुर्व्यवहारका घटनाहरु विरुद्ध उजुरी लिन तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरी अन्तर्गत साइबर ब्यूरो गठन भएको छ । 

-ईमेलमार्फत ब्युरोमा उजुरी गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

-प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोलाई सम्बोधन गर्दै निवेदन लेख्नुहोस् र आफ्नो नाम तथा सम्पर्क नम्बर राखेर हस्ताक्षर गर्नुहोस् ।

यहाँ क्लिक गरी निवेदनको नमुना डाउनलोड गरेर आवश्यक विवरणहरु भर्न पनि सक्नुहुन्छ । अंग्रेजीमा निवेदनको नमुना आवश्यक भए यहाँ क्लिक गर्नुहोस् । 

-साथमा आफ्नो नागरिकता तथा सवारी चालक अनुमति पत्र वा अन्य परिचय खुल्ने सरकारी परिचय पत्रको दुवै पट्टीको फोटोकपी अट्याच गर्नुहोस् । 

-प्रमाणको रुपमा उजुरीसँग सम्बन्धित स्क्रीनसट तथा लिंकहरु समावेश गर्नुहोस् ।

-यति गरेपछि सेन्ड बटन थिचेर साइबर ब्युरोलाई ईमेलमार्फत उजुरी टिपाउन सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३