close

गुगल क्रोमको ‘सेभ पासवर्ड’ मा अब नोट समेत राख्न सकिने

टेकपाना टेकपाना

फागुन ११, २०७८ २१:०

गुगल क्रोमको ‘सेभ पासवर्ड’ मा अब नोट समेत राख्न सकिने

काठमाडौं । बजारमा पासवर्ड म्यानेजरको रुपमा धेरै एप र वेबसाइट छन् । त्यसमध्ये सबैभन्दा सहज हामीले सधैं प्रयोग गर्ने ब्राउजरमा उपलब्ध पासवर्ड म्यानेजर नै हो ।

त्यसैले पनि गुगलले गुगल क्रोम र एन्ड्रोइडमा उपलब्ध गराएको पासवर्ड म्यानेजरलाई कम्पनीको सबैभन्दा महत्वपूर्ण हतियारको रुपमा लिइन्छ ।

त्यसैले पनि कम्पनीले समय समयमा ब्राउजरमा उपलब्ध गराएको पासवर्ड म्यानेजरमा विभिन्न सुविधा थप गर्दै आएको छ ।

यस्तोमा अब पासवर्ड म्यानेजरमा नोट पनि सेभ गर्न सकिने फिचर उपलब्ध गराउने तयारी कम्पनीले गरेको पाइएको छ ।

कम्पनीले केही समय अघिमात्रै क्रोमको १०० भर्सन सार्वजनिक गरेको थियो । अब आउने नयाँ भर्सन १०१ मा भने कम्पनीले पासवर्ड म्यानेजरमा नोट थप गर्न सकिने फिचर समेत उपलब्ध गराउने भएको हो ।

जहाँ तपाईंले कुनै पनि अकाउन्टका लागि आवश्यक पर्ने थप जानकारी सेभ गरेर राख्न सक्नुहुनेछ । यो फिचर कहिलेबाट प्रयोगकर्तालाई उपलब्ध हुनेछ भन्ने विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन ।    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३