close

मोबाइलमा यी सेटिङ गर्नुहोस्, आनन्दले चल्छ गेम

गणेश सुवेदी गणेश सुवेदी

फागुन २६, २०७८ ८:९

मोबाइलमा यी सेटिङ गर्नुहोस्, आनन्दले चल्छ गेम

काठममाडौं । गेम खेल्न महँगो मोबाइल नै किन्नुपर्छ भन्ने छैन । हामीले सस्ता मोबाइलमा पनि राम्रो गेमिङ अनुभव पाउन सक्छौं । मोबाइलमा गेम कस्तो चल्ने भन्ने कुरा पूर्णतः यसको हार्डवेयरमा भर पर्छ ।

तर पनि हार्डवेयरलाई केही थप काम गराउन सकियो भने यसबाट अझ फाइदा लिन सकिन्छ। यसका लागि तपाईंले केही सेटिङमा परिवर्तन गर्नुपर्ने हुन्छ, जसका बारेमा आज हामी जानकारी दिँदैछौं ।

१) स्क्रिन रिफ्रेस रेट परिवर्तन गर्नुहोस्ः

स्क्रिन रिफ्रेस रेटले एनिमेसनमा महत्वपूर्ण भूमिका खेल्छ । स्क्रिन रिफ्रेस रेटले १ सेकेण्ड समयमा तपाईंको मोबाइल स्क्रिन कतिपटक रिफ्रेस हुन्छ भन्ने जनाँउछ । गेमिङको कुरा गर्दा जति धेरै रिफ्रेस रेट भयो, उति नै राम्रो मानिन्छ ।

अब कुरा गरौं रिफ्रेस रेट कसरी परिवर्तन गर्ने त ? 

रिफ्रेस रेट परिवर्तन गर्न रिफ्रेस रेट सपोर्ट गर्ने मोबाइलमा निम्न प्रक्रिया अपनाउनुहोस्:

  • सबैभन्दा पहिला आफ्नो मोबाइलको ‘सेटिङ’मा जानुहोस् ।
  • त्यसपछि डिस्प्ले सेटिङभित्र गएर ‘एड्भान्स सेटिङ’मा जानुहोस्, त्यहाँ तपाईंले रिफ्रेस रेटको अप्सन देख्नुहुनेछ ।
  • रिफ्रेस रेट मोबाइलमा उपलब्ध भए अनुसार राख्नसक्नु हुनेछ ।

२) अनावश्यक चिज हटाउनुहोस्ः

मोबाइलमा चाहिने एप सँगसँगै नचाहिने एप पनि टन्नै हुन्छन्, जसले तपाईंको मोबाइलको र्‍‍याम मेमोरी तथा ब्याट्री खाइरहेको हुन्छ । त्यसैले मोबाइलमा भएका अनावश्यक एपलाई हटाउनुहोस् ।

साथै नचाहिने फोटो, भिडिओ र फाइलहरु पनि हटाउनुहोस् । यसका साथै ब्याकग्राउन्ड एपलाई पनि बन्द गर्न सक्नुहुनेछ । यसले मोबाइललाई फास्ट बनाउन मद्दत गर्छ ।

३) फास्ट स्पिडकाे इन्टरनेट प्रयोग गर्नुहोस्ः

इन्टरनेट स्लो हुँदा पनि गेम ल्याग हुने समस्या आउँछ । त्यसैले सकेसम्म गेम खेल्दा राम्रो इन्टरनेट प्रयोग गर्नुहोस् ।

यसले गेम प्ले त राम्रो हुन्छ नै, गेम खेल्ने अनुभव पनि माथिल्लो स्तरको हुन्छ ।

४) फोर्स फोर एक्स एमएसएए अप्सनलाई अन गर्नुहोस्ः

फोर एक्स एमएसएए (4x MSAA ) अहिलेका प्रायः सबै मोबाइलमा उपलब्ध छ । यसलाई अन गर्दा यसले तपाईंको मोबाइलको प्रोसेसरलाई अधिकतम उपयोग गरेर धेरै आउटपुट दिन्छ । यसलाई अन गर्न निम्न प्रक्रिया अपनाउनुहोस्ः

  • सबैभन्दा पहिला आफ्नो मोबाइलमा डेपलपर अप्सन अन गर्नुहोस् । यसका लागि अबाउट फोन (About Phone) लेखिएको ठाँउमा सात पटक थिच्न सक्नुहुन्छ ।
  • त्यसपछि एडिस्नल सेटिङभित्र गएर डेभलपर मोडमा जानुहोस्, जहाँ तल फोर्स 4x MSAA लेखिएको छ, त्यसलाई इनेबल गर्नुहोस् ।

तर याद गर्नुहोस् यो अन गर्दा ब्याट्री छिटो सकिन सक्छ, त्यसैले यसलाई गेम खेल्दा मात्र अन गर्नुहोस् ।

५) गेम बुस्टर एप प्रयोग गर्नुहोस्ः

गेम खेल्दा गेमसँगै अन्य एपले पनि मोबाइलको र्‍याम नेटवर्क तथा मेमोरी प्रयोग गरिरहेका हुन्छन् । यस्तोमा यदि तपाईंको मोबाइलमा गेम बुस्टर एप छ भने यसले ब्याकग्राउन्डमा चलिरहेका कार्यहरुलाई बन्द गरी सबै पावर गेमलाई उपलब्ध गराउँछ ।

यस्तोमा गेम राम्रो सँग चल्छ । सकेसम्म मोबाइलमै भएको गेम बुस्टर एप प्रयोग गर्नु सुरक्षित मानिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२