close

एलन मस्क भन्छन्ः अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउनु हुँदैन

टेकपाना टेकपाना

बैशाख ८, २०८१ ११:२३

एलन मस्क भन्छन्ः अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउनु हुँदैन

काठमाडौं । सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउन नहुने धारणा राखेका छन् । वाक स्वतन्त्रताको वकालत गर्दै मस्कले टिकटकमाथि प्रतिबन्ध लगाउन नहुने भनाइ राखेका हुन् । 

“एक्स प्लेटफर्मलाई फाइदा हुने भए पनि मेरो विचारमा अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउन हुँदैन,” उनले एक्समा पोस्ट गर्दै भनेका छन् ।

सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउँदा त्यसले वाक तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्ने मस्कको तर्क छ । अमेरिका यस्ता अधिकार हनन् गर्ने पक्षमा कहिल्यै नभएको भन्दै मस्कले प्रतिबन्ध लगाउन नहुने उल्लेख गरेका छन् ।

स्टाटिकाका अनुसार अमेरिकाका टिकटकका सबैभन्दा बढी प्रयोगकर्ता छन् । त्यहाँ टिकटक प्रयोग गर्नेको सङ्ख्या १४ करोड ८० लाख बढी रहेको छ ।  त्यस्तै अमेरिकामा एक्सका प्रयोगकर्ता १० करोड ५० लाख रहेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८१ ११:२३