close

विन्डोज पीसी चाँडो खोल्ने ३ तरिका

टेकपाना टेकपाना

बैशाख १७, २०८१ १६:३२

विन्डोज पीसी चाँडो खोल्ने ३ तरिका

काठमाडौं । कहिलेकाहीँ कम्प्युटरमा तुरुन्तै काम सक्नुपर्ने हुन्छ । ठीक त्यही बेला स्टार्ट हुन समय लागिदिन्छ । यस्तो समस्या नयाँमा नदेखिए पनि अलि पुराना र प्रोसेसर क्षमता कम भएका कम्प्युटरमा बढी देखिन्छ ।

यदि तपाईंले पनि त्यस्तै समस्या भोगिरहनु भएको छ भने आज केही तरिकाबारे जानकारी दिँदै छौं, जसले तपाईंको विन्डोज कम्प्युटर अलि चाँडो खोल्न सहयोग गर्न सक्छन् ।  

स्टार्टअप एप डिसेबल गर्नु

विन्डोज कम्प्युटर अन गर्दा प्रत्येक पटक विभिन्न प्रोग्रामहरू पनि स्वतः स्टार्ट भइरहेका हुन्छन् । एन्ड्रोइड तथा आईओएसमा आधारित केही फोनमा पनि यस्तो हुने त गर्छ ।

तर फोनमा केही सेकेन्ड भित्रमा उक्त काम सकिसक्छ । कम्प्युटरमा भने अलि बढी समय लाग्छ । यसले गर्दा कम्प्युटर अन हुन समय लागेको महसुस हुन्छ । 

 

ती एपलाई डिसेबल गर्दा यो समस्याबाट पनि मुक्ति पाउन सक्नुहुन्छ । यसका लागि 'टास्क म्यानेजर'मा जानुहोस् । शर्टकट की Ctrl+Alt+Del थिचेर पनि तपाईं 'टास्क म्यानेजर'मा जान सक्नुहुन्छ । अब बायाँ भागमा भएको 'स्टार्टअप' ट्याब जानुहोस् ।

त्यहाँ कम्प्युटर अन गर्न साथै लोड हुने एपको सूची देखिन्छ । ती मध्ये धेरैलाई डिसेबल गर्नु सुरक्षित नै मानिन्छ । तर कतिवय अवस्थामा केही फिचर भने उपलब्ध नहुन सक्छ । यद्यपि ती एपले सामान्य अवस्थामा जस्तै काम गर्छन् । एप डिसेबल गर्न राइट क्लिक गरेर ‘डिसेबल’ विकल्प छान्नुपर्ने हुन्छ ।

एचडीडीबाट एसएसडी अपग्रेड गर्ने  

सफ्टवेयर मात्र नभइ कहिलेकाहीँ हार्डवेयरका कारण पनि त्यस्तो हुन सक्छ । यदि तपाईंको कम्प्युटर अलि पुरानो र हार्ड डिस्क मात्र छ भने पनि यस्तो समस्या आउन सक्छ ।

एचडीडीबाट एसएसडी अपग्रेड गर्ने सफ्टवेयर मात्र नभइ कहिलेकाहीँ हार्डवेयरका कारण पनि त्यस्तो हुन सक्छ । यदि तपाईंको कम्प्युटर अलि पुरानो र हार्ड डिस्क मात्र छ भने पनि यस्तो समस्या आउन सक्छ । 

 

यसको राम्रो विकल्प हार्ड डिस्कबाट सोलिड स्टेट ड्राइभ (एसएसडी)मा अपग्रेड गर्नु हो । हार्ड डिस्कको तुलनामा एसडीडीले कम्प्युटरलाई अलि चाँडो बनाउँछ । तपाईंले पनि कम्प्युटर रिपेयर सेन्टरमा गएर आफ्नो कम्प्युटरको अपडेट गर्न सक्नुहुन्छ । 

कम्प्युटरलाई हाइबरनेट वा स्लिप मोडमा राख्ने

प्राविधिक रुपमा यो तरिकाले कम्प्युटर अन गर्ने कामलाई चाँडो बनाउँदैन । तर यदि तपाईं कम्प्युटर बारम्बार खोलिरहनु पर्छ, अथवा आफ्नो कम्प्युटर शटडाउन गर्न चाहनुहुन्छ भने राम्रो विकल्प हुन सक्छ ।

अहिलेका ल्यापटपमा स्क्रिन बन्द गर्दा आफैं स्लिप मोडमा जाने फिचर पनि रहेको छ । त्यसो गर्दा तपाईंले पुन: कम्प्युटर स्टार्ट गर्नु पर्दैन । यद्यपि डेस्कटपका लागि यो खासै उपयुक्त नहुन सक्छ । किनकी डेस्कटपमा काम सकिएपछि प्लग निकालेर नै बन्द गर्नुपर्ने छ । यसका लागि डेस्कटपमा हाइबरनेट मोड दिइएको हुन्छ । 

यस मोडले तपाईंले ओपन गरेका सबै एपलाई सेभ राखेर कम्प्युटर अफ गर्छ । तर यो फिचर डिफल्ट रुपमा डिसेबल गरिएको हुन्छ । यसका लागि निम्न तरिका अपनाउनुहोस्: 

-कन्ट्रोल प्यानलमा जानुहोस् । 

-पावर अप्सनमा क्लिक गर्नु होस् । 

-'चुज वाट द पावर बटन्स डु'मा क्लिक गर्नुहोस् । 

-'चेन्ज सेटिङ्ग्स ड्याट आर करेन्ट्ली अनअभाइलेभल'मा क्लिक गरेर हाइबरनेट बक्स क्लिक गर्नुहोस् । अनि अन्तिममा 'सेभ चेन्जेज'मा क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८१ १८:३५