काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीले नेपाली बजारमा रियलमी ‘सी ६७ फाइभजी’ र ‘रियलमी नार्जो एन ६१’ सार्वजनिक गरेको छ । रियलमी सी ६७ फाइभजीमा ५० मेगापिक्सेलको थ्री एक्स इन सेन्सर जुम क्यामेरा, मिडियाटेक डाइमेन्सिटी ६१०० प्रोसेसर र १२८ जीबीसम्मको स्टोरेज उपलब्ध रहेको छ ।
क्वालिटी र इफिसेन्सी चाहने ग्राहकलाई यस स्मार्टफोनले उत्कृष्ट पर्फर्मेन्स र कार्यक्षमता उपलब्ध गराउने कम्पनीको दाबी छ । त्यसैगरी रियलमीले नार्जो एन ६१ पनि बजारमा ल्याएको छ ।
आर्मर प्रोटेक्सन, उच्च पर्फर्मेन्स, टप टियर क्यामेरा र लामो समय टिक्ने ब्याट्रीसहित आएको रियलमीको यो फोनले नेपाली प्रयोगकर्ताको मन जित्ने कम्पनीले विश्वास लिएको छ । रियलमी सी ६७ फाइभजीमा ५० मेगापिक्सेलको थ्री एक्स इन सेन्सर, जुम क्यामेरा र स्न्यापड्रागन चिपसेट समावेश छ ।
त्यस्तै इन्ट्री लेभल फोनको पर्फर्मेन्स र टिकाउपनलाई चुनौती दिने हिसाबले नार्जो एन ६१ को डिजाइन गरिएको छ । मेटल, फोम, सिलिकन लगायतका विकसित सामग्रीहरू प्रयोग गरेर बनाइएका आठ ओटा विभिन्न किसिमका सेफ्टी प्रोटेक्सन राखिएको नार्जो एन ६१ स्टिल जत्तिकै बलियो रहेको कम्पनीको दाबी छ ।
त्यसैले यो काम, मनोरञ्जन र अन्य प्रयोगको लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । रियलमी सी ६७ फाइभजीमा यस सेग्मेन्टकै सबैभन्दा ठूलो सेन्सर र एडभान्स इमेजिङ सफ्टवेयर समावेश रहेको ५० मेगापिक्सेलको क्यामेरा दिइएको छ ।
साथै नार्जो एन ६१ को ३२ एमपीको सुपर क्लियर क्यामेराले डिटेल्ड र सटीक रङहरू सहित शार्प र जीवन्त शटहरू खिच्न सक्छ । रियलमी सी ६७ फाइभजी क्यामेराका अर्को विशेषता भनेको थ्री एक्स जुम सेन्सर हो, जसले विभिन्न कोणबाट डिटेलसहितका तस्वीर खिच्न मद्दत गर्छ ।
साथै फोर इन वन पिक्सेल बिनिङ प्रविधि र एडभान्स सेन्सर हार्डवेयर भएकोले नार्जो एन ६१ बाट खिचिएका हरेक तस्वीरहरू उत्कृष्ट हुने कम्पनीले दाबी गरेको छ । यी दुवै फोनमा भएको नाइट मोडले प्रयोगकर्तालाई कम उज्यालोमा पनि डिटेल्स सहितको स्पष्ट फोटो खिच्न सजिलो बनाइदिने छ । पर्फर्मेन्सको कुरा गर्नुपर्दा रियलमी सी ६७ फाइभजीमा मिडियाटेक डाइमेन्सिटी ६१०० रहेको छ ।
जसले २ गिगाहर्जसम्मको सीपीयू क्लक स्पिडमा उत्कृष्ट प्रदर्शन र सहज प्रयोग अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । त्यस्तै नार्जो एन ६१ मा पावरफुल अक्टाकोर चिपसेट रहेको छ । रियलमी सी ६७ फाइभजी स्मार्टफोनमा ६ जीबी डाइनामिक र्यामसम्मको स्टोरेज उपलब्ध छ ।
जसले धेरै एपहरू एकसाथ चलाउन सहयोग गर्छ । नार्जो एन ६१ भने ४८ महिनाको फ्लुएन्सी अस्योरेन्ससहित आउने र प्रयोगकर्ताले कुनै पनि ल्याग बिना चार वर्षसम्म चलाउन सक्ने दाबी कम्पनीले गरेको छ । यसको ४+६४ जीबी भेरियन्ट उपलब्ध रहेको छ ।
डिजाइनको कुरा गर्दा रियलमी ६७ फाइभजीको डिजाइनले सुन्दरता र प्रयोगलाई एकसाथ ल्याएको छ । नार्जो एन ६१ मजबुत डिजाइनका साथै स्लिक, स्लिम र हलुकापन महसुस गर्न पाइन्छ । रियलमी सी ६७ फाइभजी पनि ७.५९ एमएमको स्लिम बडीले गर्दा ठुलो ब्याट्री भए पनि बोक्न सहज छ ।
रियलमी सी ६७ फाइभजी मा रहेको ६.७२ इन्चको डिस्प्लेले उत्कृष्ट भिजुअल प्रदान गर्दछ र नार्जो एन ६१ मा ९० हर्जको आइ कम्फर्ट डिस्प्ले दिइएको छ । जसले लामो समयसम्म फोन चलाउँदा पनि असहज हुँदैन ।
रियलमी सी ६७ फाइभजी स्मार्टफोन रहेको डुअल स्टेरियो स्पिकरले १००% भोलुम बढाउँछ भने यसमा रहेको मिनी क्याप्सुल २.० ले आकर्षक नोटिफिकेसन कन्ट्रोल पनि प्रदान गर्छ तथा नार्जो एन ६१ मा भएको रेन वाटर स्मार्ट टच फिचरले गर्दा भिजेको हातले पनि फोन आरामसँग चलाउन सकिन्छ ।
ब्याट्री र चार्जिङ
रियलमी सी ६७ फाइभजीमा ५,००० एमएएच क्षमताको ब्याट्रीको साथमा ३३ वाटको सुपरभोक चार्जिङ उपलब्ध छ । त्यस्तै रियलमी नार्जो एन ६१ मा सिङ्गल चार्जमा ३० घण्टासम्म भ्वाइस कल गर्न मिल्छ । त्यसैले यी दुवै स्मार्टफोन लामो समयसम्म प्रयोग गर्न सकिने र छिट्टै चार्ज गर्न पनि सकिने किसिमका छन् ।
अन्य आकर्षण
रियलमी सी ६७ फाइभजी वाटर, डस्ट र स्प्ल्याश रेजिस्टेन्ट युक्त रहेको छ । यस स्मार्टफोनमा एनएफसी र फास्ट साइड फिङ्गरप्रिन्ट पनि उपलब्ध छ । तीन ओटा कार्ड स्लट रहेको यो फोनमा दुई ओटा सिम कार्ड र दुई टीबीसम्मको माइक्रोएसडी कार्ड राख्न मिल्छ ।
मूल्य तथा उपलब्धता
डार्क पर्पल रङ्गमा उपलब्ध रियलमी सी ६७ फाइभजीको मूल्य २१ हजार ९९९ (६+१२८ जीबी) रहेको छ भने भोयाज ब्लुमा उपलब्ध नार्जो एन ६१ को मूल्य १३ हजार ४९९ (४+६४ जीबी) रहेको छ ।