ट्रेन्डिङ:
अनलाइनबाट खानेपानीको महसुल भुक्तानी, यी माध्यमबाट लिन सकिन्छ सेवा कर्मचारीलाई कोरोना देखिएपछि दूरसञ्चार प्राधिकरणको सेवा अनलाइनबाट प्राधिकरणले तार काट्न सुरु गरेपछि धमाधम बन्द हुन थाल्यो इन्टरनेट सेवा जीआईएस र रिमोट सेन्सिङ विषयमा तालिम दिँदै आविष्कार केन्द्र, यसरी हुनुहोस् सहभागी मोबाइल एपबाटै पुस्तक किन्न, बेच्न र भाडामा दिन सकिने आईफोन १४ सिरिजको माग घट्दा उत्पादन बढाउने योजनाबाट पछि हट्यो एप्पल कस्तो छ ग्लोबल आईएमई बैंकको नयाँ मोबाइल बैंकिङ एप ? भविष्यमा डिजिटल प्रविधिसँगै काम गर्न हरेकलाई आवश्यक पर्ने ४ सीप सार्वजनिक भयो १६ ईन्चको म्याकबुक प्रो, यस्तो छ फिचर दूरसञ्चार सेवाप्रदायक आपसमा गाभिन सक्ने, प्राधिकरणबाट पारित भयो नियमावली
close

अनलाइनबाट खानेपानीको महसुल भुक्तानी, यी माध्यमबाट लिन सकिन्छ सेवा

टेकपाना टेकपाना

माघ १८, २०७८

अनलाइनबाट खानेपानीको महसुल भुक्तानी, यी माध्यमबाट लिन सकिन्छ सेवा

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का ग्राहकले अनलाइनबाट खानेपानीको महसुल भुक्तानी गर्नसक्ने भएका छन् ।

यसका लागि ईसेवा, एनएमबि बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबाट भुक्तानी गर्न सकिने केयूकेएलले जनाएको छ । मंगलबार एक सूचना जारी गर्दै कम्पनीले भुक्तानी सेवाकाे परीक्षण सुरू हुन लागेकाे जानकारी दिएको हो ।

साथै कार्यालयहरूको काउन्टरमा आई महसुल भुक्तानी गर्न सकिने व्यवस्था पनि यथावत् नै रहने केयूकेएलले जनाएको छ ।

कम्पनीको अनलाइन सेवामाफर्फत खानेपानी लिकेज, खानेपानी वितरण तालिका, मिटर रिडिङ आदिबारे जानकारी लिन सकिने जनाइएको छ ।