close

बिरियलको जस्तै स्न्यापच्याटमा डुअल क्यामेरा फिचर

टेकपाना टेकपाना

भदौ १४, २०७९ १२:१२

बिरियलको जस्तै स्न्यापच्याटमा डुअल क्यामेरा फिचर

काठमाडौं । स्न्यापच्याटले आफ्नो मुख्य क्यामेरामा एकै पटक अगाडि र पछाडिबाट फोटो खिच्न सकिने फिचर उपलब्ध गराएको छ । पछिल्लो समय युवा पुस्तामाझ लोकप्रियता हासिल गरिरहेको बिरियलमा उपलब्ध फिचरलाई स्न्यापच्याटले आत्मासाथ गरेको हो ।

गएको अप्रिल महिनामा स्न्यापच्याटले डुअल क्यामेरा फिचर थप गर्ने विषय सार्वजनिक गरेको थियो । सोही अनुरूप कम्पनीले डुअल क्यामेरा फिचर प्रयोगकर्तामाझ उपलब्ध गराएको हो ।

प्रयोगकर्तालाई विभिन्न क्रियटिभ टुल उपलब्ध गराउने क्रममा यो फिचर थप गरिएको कम्पनीले जनाएको छ । नयाँ फिचरमार्फत प्रयोगकर्ताले एकै पटक अगाडि र पछाडिको फोटो तथा भिडियो खिच्न सक्नेछन् ।

यसको अर्थ यो फिचरमा तपाईंको मोबाइलमा भएको अगाडि र पछाडिको दुबै क्यामेराले एकै पटक काम गर्नेछ । यो फिचर यसअघि बिरियलले प्रयोगमा ल्याएको थियो ।

तर, बिरियलको तुलनामा स्न्यापच्याटको फिचर भने निकै प्रभावकारी रहेको जनाइएको छ । बिरियलमा एउटा फ्रेममा फोटा खिचेर इडिट बिनै पोस्ट गर्नुपर्ने हुन्छ भने स्न्यापच्याटले प्रयोगकर्तालाई विभिन्न फ्रेममा इडिटिङ सहितको सुविधा दिएको जनाइएको । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३