close

ड्राइभिङ लाइसेन्सको नतिजा प्रकाशन गर्दा नागरिकता नम्बर लिक गरेको भन्दै विभाग विरुद्ध उजुरी

टेकपाना टेकपाना

असार १०, २०८१ १६:२९

ड्राइभिङ लाइसेन्सको नतिजा प्रकाशन गर्दा नागरिकता नम्बर लिक गरेको भन्दै विभाग विरुद्ध उजुरी

काठमाडौं । सवारी चालक अनुमतिपत्रको नतिजा प्रकाशन गर्दा परीक्षा फल सूचीमा नागरिकता नम्बर उल्लेख गरेको विषयमा उजुरी परेको छ । महालक्ष्मी नगरपालिका, ललितपुर निवासी विवेक चौधरीले यातायात व्यवस्था विभागका कर्मचारी विरुद्ध सोमबार राष्ट्रिय सूचना आयोगमा उजुरी दिएका हुन् ।

चौधरीले परीक्षाफल सूचीमा नागरिकता नम्बर उल्लेख गर्नुको कारण माग गर्दा सो सम्बन्धी सूचना नदिएको भन्दै विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र सूचना अधिकारी इश्वरिदत्त पनेरुलाई विपक्षी बनाएका छन् ।

"...सोको आधार, कारण र कानुन विषयको सूचना नदिकोमा सूचना उपलब्ध नगराउने सूचना अधिकारी र विभाग प्रमुखलाई कारबाही गरी माग गरेको सूचनाको प्रमाणित प्रतिलिपि मेरो ईमेलमार्फत उपलब्ध गराइदिनु हुन ऐनको म्याद ३५ दिनभित्र यो पुनरावेदन गर्दछु," चौधरीले दिएको निवेदनमा भनिएको छ ।

यसअघि यातायात व्यवस्था विभागबाट लिक भइरहेका व्यक्तिगत जानकारीले निम्त्याउन सक्ने जोखिमको चर्चा गरिएको लेख टेकपानामा प्रकाशित भएको थियो । 

 

पछिल्लो अध्यावधिक: असार १०, २०८१ १६:२९