close

सेगवे ई-१२५ इलेक्ट्रिक स्कुटर

टेकपाना टेकपाना

असोज ३१, २०७९ १५:५२

काठमाडौं । अमेरिकी कम्पनी सेगवे नाइनबटले नेपाली बजारमा इलेक्ट्रिक स्कुटर ई १२५ विस्तार गरिरहेको छ । नेपालमा सेगवेका लागि आधिकारिक बिक्रेता आईहब प्रालिले वारेन्टीसहित यसको बिक्री गरिरहेको छ ।

यो इलेक्ट्रिक स्कुटरमा टाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदा अलार्म ट्रिगर गर्न सकिने जस्ता विभिन्न फिचर छन् । प्रतिघण्टा ७५ किमिसम्म कुद्ने बताइएकाे स्कुटरमा अधिकतम २४०० वाट बोस्च इलेक्ट्रिक मोटर रहेको छ ।

यसले २०० एनएमको अधिकतम टर्क दिने जनाइएको छ । ७४भी र २७एएच लिथियम ब्याट्री भएको स्कुटर फुल चार्जमा ६० देखि १२० किलोमिटर कुद्ने जनाइएको छ । फुल चार्ज हुन औषत ५–६ घण्टा लाग्नेछ ।

स्कुटरमा डबल ब्याट्रीका लागि स्पेस पनि रहेको छ । यसको अर्थ स्कुटरसँगै सिंगल ब्याट्री आउने र ग्राहकले चाहेमा अर्को ब्याट्री थप्न सकिन्छ ।

आईपीएक्स५ वाटरप्रुफ सेगवे ई-१२५ पानीमा पनि सजिलै चलाउन सकिने कम्पनीले जनाएको छ । यसैबीच हामीले सेगवे ई-१२५ का एक सवारीधनी आशिष बैद्यले हामीसँग अनुभव साटेका छन् ।

हेर्नुहोस् भिडिओ

 

पछिल्लो अध्यावधिक: असोज ३१, २०७९ १५:५२