close

सीटीईभीटी पढेकामध्ये इन्जिनियरिङ गरेका जनशक्तिको कमाइ धेरै

टेकपाना टेकपाना

मंसिर २२, २०७९ ९:५२

सीटीईभीटी पढेकामध्ये इन्जिनियरिङ गरेका जनशक्तिको कमाइ धेरै

काठमाडाैं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले इन्जिनियरिङ, कृषि, हस्पिटालिटी र स्वास्थ्य गरी चार विधामा प्रि-डिप्लोमा र डिप्लो तहमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । यीमध्ये इन्जिनियरिङ विधा उत्तीर्ण जनशक्तिले सबैभन्दा धेरै कमाइ गरिरहेकाे एक अध्ययनले निष्कर्ष निकालेकाे छ ।

त्रिभुवन विश्वविद्यालयकाे अर्थशास्त्र केन्द्रीय विभाग र मानविकी तथा सामाजिकशास्त्र संकायका अनुसन्धानकर्मीहरूले ‘इम्फ्याक्ट एसेसमेन्ट अफ टेक्निकल एजुकेसन एन्ड भाेकेसनल ट्रेनिङ’ शीर्षकमा गरेकाे अध्ययनले अन्य विधाभन्दा इन्जिनियरिङ गरेका जनशक्तिले धेरै आम्दानी गरिरहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीले हाल मासिक रुपमा औसत १७ हजार ४६८.५ रुपैयाँ कमाइ गरिरहेका छन् । त्यस्तै स्वास्थ्य विषय उत्तीर्णले औसत रूपमा मासिक १६ हजार ३२०.५ रूपैयाँ, हस्पिटालिटीका विद्यार्थीले १४ हजार ९३०.६ रुपैयाँ र कृषिका विद्यार्थीले १२ हजार ८९३.४ रुपैयाँ आम्दानी गरिरहेका छन् ।

सीटीईभीटी उत्तिर्ण गरेका कुल जनशक्तिकाे औसत कमाइ भने १५ हजार ६५६.२ रुपैयाँ रहेकाे छ । 

 

 

सञ्चालनमा आएयता सीटीईभीटीबाट तीन लाख ३७ हजार ६७ विद्यार्थी उत्तीर्ण भइसकेका छन् । उनीहरुमध्ये १२३१ विद्यार्थीमा नमूना अध्ययन गर्दा ५८.२ जनाले राेजगारी गरिरहेकाे अध्ययनले देखाएकाे छ । त्यस्तै सीटीईभीटीमा भर्ना हुनअघि ८.८ प्रतिशतले राेजगारी गरिरहेका थिए ।

उनीहरुकाे औसत कमाइ १८१५.२ भएकाे अध्ययनले देखाएकाे छ । साे तलबमाा आर्थिक वर्ष २०७२/७३ देखि २०७७/७८ सम्मकाे मुद्रास्फीति दर २४.८ प्रतिशत घटाइएकाे छ । हाल सीटीईभीटीमा कम्प्युटर, सिभिल, आर्किटेक्चर, इलेक्ट्रिकल, मेकानिकल, जियाेम्याट्रिक जस्ता इन्जिनियरिङका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २२, २०७९ ९:५२