close

‘इलुमिनेट क्रु’ बन्यो पब्जी गेमको नेसनल च्याम्पियन, पायो १३ लाख बढी नगद पुरस्कार

टेकपाना टेकपाना

पुस ७, २०७९

‘इलुमिनेट क्रु’ बन्यो पब्जी गेमको नेसनल च्याम्पियन, पायो १३ लाख बढी नगद पुरस्कार

काठमाडौं । पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनसी) नेपाल २०२२ को उपाधि ‘इलुमिनेट क्रु’ ले जितेको छ । १२ खेलमा दुई चिकेन डिनर ८६ एलिमिनेसन पोइन्ट सहित कुल १९० पोइन्ट बटुलेर ‘इलुमिनेट क्रु’ पीएमएनसी २०२२ को विजेता बनेको छ ।

उपाधि जितेसँगै यो टिमले १० हजार डलर (करिब १३ लाख नेपाली रुपैयाँ) नगद पुरस्कार पाएको छ । त्यस्तै फाइनल चरणकाे पहिलो दिनका खेलमा सबै टिममाथि हावी बनेको ‘लियो ग्याङ्स्टर’ उपविजेता बन्याे । ‘लियो ग्याङ्स्टर’ले तीन चिकेन डिनर, ७७ एलिमिनेसन पोइन्ट सहित कुल १५८ पोइन्ट ल्याएको छ ।

याे टिमले पाँच हजार डलर (करिब साढे छ लाख नेपाली रुपैयाँ) जित्याे ।

त्यस्तै १३२ पोइन्ट सहित ‘एब्रप्ट स्लेयर’ तेस्रो स्थानमा रहन सफल भयाे । ‘एब्रप्ट स्लेयर’ले ३५ सय डलर (करिब साढे चार लाख नेपाली रुपैयाँ) हात पारेकाे छ ।

यसका साथै ‘इलुमिनेट क्रु’,  ‘लियो ग्याङ्स्टर’ र ‘एब्रप्ट स्लेयर’ ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया स्प्रिङ २०२३’ को लागि पनि छनोट भएका छन् ।

पछिल्लो अध्यावधिक: पुस ७, २०७९