close

च्याट जीपीटीलाई मोबाइल एपका रुपमा प्रयोग गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

माघ १३, २०७९ १४:३५

च्याट जीपीटीलाई मोबाइल एपका रुपमा प्रयोग गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स टुलमा आधारित च्याटजीपीटीले पछिल्लो समय निकै चर्चा पाइरहेको छ । मानिसकै शैलीमा उत्तर दिनसक्ने यो प्रविधिले धेरैका कामलाई सघाएको छ ।

यो टुललाई कम्पनीले उपलब्ध गराएको लिङ्कबाट मात्र प्रयोग गर्न सकिन्छ । एपमा भने हालसम्म यो आइसकेको छैन ।

च्याटजीपीटीलाई एपका रूपमा प्रयोग गर्ने चाहना धेरैको हुनसक्छ । आज हामी आफैंले च्याटजीपीटीको एप बनाएर कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं ।

- सबैभन्दा पहिले माेबाइलमा रहेकाे क्रोम ब्राउजरमा जानुहोस् ।

- त्यहाँ गइसकेपछि सर्च बारमा chat.openai.com/chat सर्च गर्नुहोस् ।

-  यदि पहिले अकाउन्ट बनाइसक्नु भएको छ भने 'लगइन' अप्सनमा क्लिक गर्नुहोस् । यदि अकाउन्ट बनाउनु भएको छैन भने 'साइनअप' अप्सनमा क्लिक गर्नुहोस् । च्याटजीपीटीको अकाउन्ट कसरी बनाउने भन्ने थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

 

- अनि तल 'लगइन' अप्सनमा क्लिक गर्नुहोस् । 

- यति गरेपछि तपाईँले कुन अकाउन्टबाट च्याटजीपीटी खोल्नुभएको थियो, त्यो अप्सन छान्नुहोस् । हामी यहाँ ‘कन्टिन्यु विथ गुगल’को अप्सन छान्दैछौं । 

-आफूले च्याटजीपीटी खोलेको अकाउन्ट छान्नुहोस् । 

लगइन भइसकेपछि तल उल्लेख गरेको प्रक्रिया अपनाउनुहोस् । 

-लगइन भइसकेपछि च्याट अप्सन देखिन्छ ।

 

- अनि माथि दायाँपट्टि रहेको तीन ओटा बारमा क्लिक गर्नुहोस् ।

- यति गरेपछि एड टु होम स्क्रिनको अप्सनमा ट्याप गर्नुहोस् ।

-र, न्यु च्याट लेखेको ठाउँमा आफूले चिन्नका लागि च्याटजीपीटी लेख्नुहोस् । अनि 'एड' अप्सनमा क्लिक गर्नुहोस् ।

यति गरेपछि तपाईंको होम स्क्रिनमा च्याटजीपीटीको आइकन देखिन्छ, जहाँबाट तपाईँले सहजै उक्त टुल प्रयोग गर्न सक्नुहुन्छ । च्याटजीपीटीमा जुनसुकै प्रश्नको उत्तर पाउन सकिन्छ ।

यो टुललाई इन्टरनेटमा उपलब्ध अर्बौं डेटाबाट तालिम गराइएको हुन्छ, जसले त्यही डेटाबाट हाम्रो प्रश्नको उत्तर दिन सक्छ ।

पछिल्लो अध्यावधिक: माघ १३, २०७९ १४:४५