close

माइक्रोसफ्ट बिङमै छ ‘जीपीटी फोर’, यसरी निःशुल्क प्रयोग गर्नुहोस्

टेकपाना टेकपाना

चैत १, २०७९ १३:५५

माइक्रोसफ्ट बिङमै छ ‘जीपीटी फोर’, यसरी निःशुल्क प्रयोग गर्नुहोस्

काठमाडौं । ओपनएआईले मंगलबार च्याटजीपीटीभन्दा अत्याधुनिक एआई टुल जीपीटी फोर सार्वजनिक गरेको छ । तर, यही विशेषता भएको टुल यसअघि नै माइक्रोसफ्टको बिङमा उपलब्ध भइसकेको कम्पनीले जनाएको छ ।

"बिङमा जीपीटी फोर चलिरहेको कुरा यहाँहरू माझ अवगत गराउन पाउँदा हामी उत्साहित छौं," माइक्रोसफ्टका हेड अफ कन्जुमर युसुफ मेहदीले लेखेका छन्, "यदि तपाईंले पछिल्लो छ हप्तामा कुनै बिङको नयाँ भर्सन प्रयोग गर्नुभएको छ भने ओपनएआईको पछिल्लो एआई मोडेलको अनुभव लिइसक्नुभएको छ ।"

उनका अनुसार जीपीटी फोर सार्वजनिक भएसँगै कम्पनीले बिङ एआईको सीमितता घटाएको छ । माइक्रोसफ्टले यसअघि नै गोप्य रूपमा बिङबाट जीपीटी फोरको सेवा दिइरहेको उनकाे भनाइ छ ।

हुन त च्याटजीपीटी र बिङ एआईले काम गर्ने शैली उस्तै भएपनि बिङ एआई बढी परिस्कृत देखिन्छ । इन्टरनेटमा उपलब्ध नयाँ डेटाको आधारमा जवाफ दिने बिङ एआईले च्याटजीपीटीभन्दा धेरै स्तरीय जवाफ दिन सक्छ ।

तर, जीपीटी फोरभन्दा कति स्तरीय छ भन्ने कुरा प्रयोग गरेरै अनुभव गर्नुपर्ने हुन्छ ।

जीपीटी फोरमा जस्तै बिङ एआईले विभिन्न भाषामा अनुवाद गर्ने क्षमता, तर्कसहित जवाफ दिने क्षमता, अडियो, भिडिओ र इमेजमा जवाफ दिन सक्छ । त्यसबाहेक पनि कुन जानकारी कहाँबाट साभार गरिएको छ भन्ने लिङ्क पाइन्छ । यसरी सूचनाको प्रमुख स्रोत नै खुलाएको हुनाले बिङ एआईलाई विश्वास गर्ने धेरै आधार छन् ।‍

बिङ एआई मोबाइल एपबटै पनि प्रयोग गर्न सकिन्छ । यदि तपाईँ एन्ड्रोइड प्रयोगकर्ता हो भने यहाँ क्लिक रेर र आईओएस प्रयोगकर्ता हो भने यहाँ क्लिक गरेर बिङ एआई डाउनलोड गर्न सक्नुहुनछ । एप प्रयोग गर्नासाथ बिङ एआई प्रयोग गर्न भने पाइँदैन ।

त्यसका लागि तपाईंले माइक्रोसफ्ट अकाउन्ट बनाएर वेटलिस्टमा सहभागी भएको हुनुपर्छ । वेटलिस्टमा सहभागी भएको करिब एक सातापछि तपाईं पनि बिङ एआई प्रयोग गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: चैत १, २०७९ १३:५५