close

‘कर्पोरेट पे’ सेवाका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

टेकपाना टेकपाना

चैत ११, २०७९ १४:४६

‘कर्पोरेट पे’ सेवाका लागि अब अनलाइनबाटै आवेदन दिन सकिने

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले कर्पोरेट पे ग्राहकका लागि नयाँ फिचर ल्याएको छ ।

यसअन्तर्गत कर्पोरेट पे प्रयोग गर्न चाहेका ग्राहकले अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

यसअघि खाता रहेको बैंकमै गएर आवेदन दिनुपर्ने बाध्यता थियो । अनलाइनबाटै कर्पोरेट पे सेवाका लागि आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।

साथै कम्पनीले कर्पोरेट पे प्रणालीमा भुक्तानी सेवाका लागि अन्य नयाँ फिचरहरू पनि थप गरेको छ । 
 

पछिल्लो अध्यावधिक: चैत ११, २०७९ १५:७