close

आईओएस १६.४ मा यसरी प्रयोग गर्नुहोस् लक स्क्रिन सर्टकट

टेकपाना टेकपाना

चैत १८, २०७९ १९:१७

आईओएस १६.४ मा यसरी प्रयोग गर्नुहोस् लक स्क्रिन सर्टकट

काठमाडौं । केही दिन अगाडि मात्र एप्पलले आफ्नो डिभाइसको लागि आईओएस १६.४ अपडेट सार्वजनिक गरेको छ । कम्पनीले यो अप‍ड‍‍ेटसँगै सर्टकटका लागि केही नयाँ फिचरहरू थप गरेको छ । ती मध्ये एउटा आईफोन लक स्क्रिन सर्टकट हो । यो फिचर प्रयोगकर्ताको लागि निकै उपयोगी हुने अपेक्षा गरिएको छ । 

यो फिचरसँगै प्रयोगकर्ताहरूले अब आफ्नो स्क्रिन लक गरेर पनि विभिन्न फिचरहरू सर्टकर्ट मार्फत प्रयोग गर्न सकिने भएको छ । साथै यसले साइड बटन क्लिक नगरी फोन लक गर्नको लागि प्रयोगकर्तालाई सहज बनाएको छ ।

आईफोनमा यसरी सेटअप गर्नुहोस् लक स्क्रिन सर्टकट: 

  • सबैभन्दा सुरुमा तपाईँको आईफोनमा आईओएस १६.४  इनस्टल भइसकेको छ वा छैन यकिन गर्नुहोस् । यदि इनस्टल भइसकेको छ भने मोबाइलमा भएको सर्टकट एप खोल्नुहोस् । 

  • स्क्रिनको सबैभन्दा माथि दायाँतिर भएको (+) चिन्हमा क्लिक गर्नुहोस् । 

  • एड एक्सनमा क्लिक गरेर सर्च बारमा लक स्क्रिन (lock screen) टाइप गर्नुहोस् र त्यहाँ लक द स्क्रिन भन्ने अप्सन देखिएपछि डनमा क्लिक गर्नुहोस् । 

योसँगै तपाईँले आफ्नो लक स्क्रिनलाई आफ्नो इच्छा अनुसार विभिन्न स्टाइलमा कस्टमाइज गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: चैत १८, २०७९ १९:१७