close

धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा खल्ती सम्मानित

टेकपाना टेकपाना

पुस १२, २०८० ११:२

धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको रूपमा खल्ती सम्मानित

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को १५औं वार्षिकोत्सवको अवसरमा डिजिटल वालेट खल्तीलाई सबैभन्दा धेरै डिजिटल कारोबार गर्ने भुक्तानी सेवाप्रदायक (पीएसपी) को रूपमा सम्मानित गरिएको छ ।  गत पुस ८ मा आयोजित एक समारोहमा खल्तीलाई यो विधामा अवार्ड दिइयो ।

तत्काल सुरक्षित र भरपर्दो अनलाइन भुक्तानी सेवाहरू प्रदान गर्ने प्रतिबद्धताका साथ सञ्चालन भइरहेकाे खल्तीले अन्य सेवाप्रदायकलाई पछि पार्दै याे अवार्ड प्राप्त गरेकाे हाे ।

मोबाइल रिचार्ज, बिल भुक्तानी टिकेट बुकिङसहित सेवाहरूको विस्तृत श्रृंखलाको साथ वित्तीय समावेशीकरणलाई बढावा दिन आफूले अग्रणी भूमिका  निर्वाह  गरेको कम्पनीकाे भनाइ छ ।

खल्तीले  पछिल्लो  समय मुभी/इभेन्ट टिकेटिङ, क्यापिटल मार्केटको भुक्तानी, विभिन्न  सरकारी  सेवाहरूको  भुक्तानीमा  समेत  काम गर्दै आइरहेको छ ।

सम्मानप्रति कृतज्ञता ज्ञापन गर्दै खल्तीका प्रमुख  कार्यकारी अधिकृत विनय खड्काले अझै नवीनतम तथा  सुविधाहरू  ल्याई  निर्वाध डिजिटल भुक्तानीका  समाधानहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पछिल्लो अध्यावधिक: पुस १२, २०८० ११:२