close

विज्ञान प्रविधि मन्त्रीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउनेलाई सांसद थापाले दिए अशोभनीय संज्ञा

टेकपाना टेकपाना

बैशाख १८, २०८२ १३:३७

विज्ञान प्रविधि मन्त्रीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउनेलाई सांसद थापाले दिए अशोभनीय संज्ञा

काठमाडौँ । एमाले सांसद सूर्य थापाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको शैक्षिक उपाधिको विषयलाई लिएर प्रश्न उठाउनेहरूलाई ‘घाँसहरू’ को संज्ञा दिएका छन् । बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट लेख्दै प्रतिनिधि सभा सदस्य थापाले यस्तो अशोभनीय अभिव्यक्ति दिएका हुन् ।

"माननीय मन्त्री रघुजी पन्तको शैक्षिक उपाधि (डिग्री)को कुरा उठाउने (?)हरू मध्यराति यता मौन र नाजबाफ नै हुन पुगेका देखिन्छन्," उनले अगाडि भनेका छन् । "काम गर्ने भिजन, नेतृत्व क्षमता, अनुभव र तरिकाले हो! घाँसहरूले हुर्मत लिन खोजेका थिए, उहाँले समाधान दिएर तिनलाई मुखतोड जवाफ दिनु भयो।"

निवर्तमान मन्त्री विद्या भट्टराईले विभिन्न कारण देखाउँदै पदबाट राजीनामा दिएपछि पन्त यही १० वैशाखमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा नियुक्त भएका थिए ।

त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक जस्तो अनुभवी मन्त्रीलाई राजीनामा दिन बाध्य पारेको र उनको ठाउँमा कमजोर औपचारिक शैक्षिक योग्यता भएका पन्तलाई ल्याइएको भन्दै सामाजिक सञ्जालमा आलोचनाको विषय बनिरहेको छ ।

बुधबार मात्रै मन्त्री पन्तको अगुवाइमा करिब एक महिनादेखि आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सफल भएको थियो । 

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १८:५९