काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि अध्यागमन प्रणाली सुधार गर्न सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको बताएका छन् । सोमबार संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलनमा गर्दै गृहमन्त्री लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन सेवामा सुधार ल्याउने उद्देश्यले सूचना प्रविधिमा आधारित सेवा लागु गरिएको दाबी गरे ।
“म गृहमन्त्री भएर आएपछि अध्यागमन प्रणाली सुधारका लागि सूचना प्रविधिको प्रयोगलाई बढोत्तरी गरिएको छ,” उनले भने, “अन्तर्राष्ट्रिय विमानस्थलमा डेस्क थप गरिएको छ । भिसा स्क्यानिङ प्रणालीको सुरुवात गरिएको छ । साथै, सुरक्षा प्रबन्ध पनि मजबुत बनाइएको छ ।”
भिजिट भिसा प्रकरणमा आफ्नो नाम जोडिएपछि गृहमन्त्री लेखकले त्यसमा आफू कुनै पनि रूपमा संलग्न नरहेको दाबी गरे । उनले आफूविरुद्ध नियोजित रूपमा राजनीतिक पूर्वाग्रहका साथ आक्रमण भइरहेको भन्दै त्यसलाई षड्यन्त्रपूर्ण करार दिए ।