close

अब काठमाडौँ–हेटौंडा यात्रा पोडवे चढेर ! सम्भाव्यता अध्ययन गर्दै सरकार

टेकपाना टेकपाना

जेठ १५, २०८२ १७:१४

अब काठमाडौँ–हेटौंडा यात्रा पोडवे चढेर ! सम्भाव्यता अध्ययन गर्दै सरकार

काठमाडौँ । सरकारले बन्द अवस्थामा रहेको काठमाडौं-हेटौंडा रोपवेको विकल्पमा नवीन प्रविधिमा आधारित ‘पोडवे’ निर्माणको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

बिहीबार संघीय संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यक्रम प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् ।

बजेट भाषणका क्रममा अर्थमन्त्री पौडेलले भने, “बन्द अवस्थामा रहेको काठमाडौं-हेटौडा रोपवेको विकल्पमा नवीन प्रविधिमा आधारित पोडवेको सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट छुट्याएको छु ।”

पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १७:५७