close

वार्षिक १० करोड रुपैयाँसम्म कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्ष आयकर छुट

टेकपाना टेकपाना

जेठ १५, २०८२ १८:१९

वार्षिक १० करोड रुपैयाँसम्म कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्ष आयकर छुट

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत सरकारले स्टार्टअप व्यवसायलाई राहत दिने घोषणा गरेको छ । यसअन्तर्गत वार्षिक १० करोड रुपैयाँसम्म कारोबार गर्ने स्टार्टअप व्यवसायलाई पाँच वर्षसम्म आयकर छुट दिने व्यवस्था गरिएको छ ।

स्टार्टअप प्रवर्द्धन र युवाहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न सरकारले यस्तो नीति ल्याएको हो । 

पछिल्ला वर्षहरूमा नेपालमा स्टार्टअप व्यवसायको संख्या बढ्दो क्रममा रहे पनि करको बोझ, लगानी अभाव र नीतिगत अन्योलका कारण ती व्यवसायले अपेक्षित गति लिन सकेका छैनन् । यही सन्दर्भमा सरकारले पाँच वर्षसम्म स्टार्टअप व्यवसायलाई आयकर छुट दिने कार्यक्रम ल्याएको हो ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १८:२१