close

राजावादी प्रदर्शनले काठमाडौंको सडक अस्तव्यस्त, कसरी लिने ट्राफिक अपडेट ?

टेकपाना टेकपाना

जेठ १६, २०८२ १४:४९

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै आज पनि राजावादीले काठमाडौँमा प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण राजधानीका विभिन्न सडकमा सवारी आवतजावत गर्न समस्या भएको छ ।

शुक्रबार माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बबरमहल, नयाँ बानेश्वर हुँदै नदी करिडोर क्षेत्रसम्म फैलिएको छ । प्रदर्शनका कारण ती क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ ।

सडकको बीचबाटै र्‍याली अगाडि बढेकाले यात्रुहरू घाममा लामो समय सडकमै रोकिएर बस्न बाध्य भएका छन् भने वैकल्पिक बाटोमा पनि लामो जाम देखिएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता दीपक गिरीले करिब दुई हजार प्रदर्शनकारी माइतीघरमा भेला भएर बबरमहलतर्फ अघि बढेको जानकारी दिए । उनका अनुसार प्रदर्शनकारी बीच सडकबाटै हिँडेकाले सवारी आवागमनमा असहजता भएको छ ।

यात्रामा निस्कनुअघि ट्राफिक प्रहरीको हेल्पलाइन १०३ मा फोन गरेर ट्राफिकको अवस्था बुझ्न सकिने छ । साथै ट्राफिक प्रहरीले रेडियो ट्राफिक एफएम ९५.५ मेगाहर्जमार्फत पनि सडकको अवस्थाबारे जानकारी दिइरहेको छ । मेट्रो ट्राफिक प्रहरी डिभिजनको फेसबुक पेज तथा अन्य सामाजिक सञ्जालमा पनि ट्राफिक गतिविधिबारे जानकारी लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८२ १५:३