close

सामसङ ग्यालेक्सी ए५३ र ए३३ सार्वजनिक, कहिले आउला नेपाल ?

टेकपाना टेकपाना

चैत ४, २०७८ १३:५२

सामसङ ग्यालेक्सी ए५३ र ए३३ सार्वजनिक, कहिले आउला नेपाल ?

काठमाडौं । सामसङले ग्यालेक्सी ‘ए’ सिरिज अन्तर्गत दुई मोडलका स्मार्टफोन सार्वजनिक गरेको छ । बिहीवार भएकाे ‘ग्यालेक्सी अनप्याक्ड’ इभेन्ट मार्फत कम्पनीले ग्यालेक्सी ए५३ फाइभजी र ए३३ फाइभजी सार्वजनिक गरेको हो ।

यो फोन अप्रिल १ देखि बजारमा उपलब्ध हुने भनिएको ए५३ फाइभजी स्मार्टफोनमा १२० हर्जको रिफ्रेस रेट सहितको ६.५ इन्चको डिस्प्ले दिइएको छ ।

८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको यो फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । साथै फोनमा १२ मेगापिक्सेलको अल्ट्रा वाइड सेन्सर, ५ मेगापिक्सेलको डेप्थ सेन्सर र ५ मेगापिक्सेलको म्याक्रो सेन्सर क्यामेरा पनि छ ।

त्यस्तै ए३३ फाइभजी स्मार्टफोनमा ९० हर्जको रिफ्रेस रेट सहित ६.४ इन्चको डिस्प्ले छ । यो फोन पनि ८ जीबी र्‍याम र २५६ जीबीको स्टोरेजमा नै उपलब्ध छ ।

एन्ड्रोइड १२ मा आधारित यो फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको वाइड सेन्सर, २ मेगापिक्सेलको डेप्थ सेन्सर, ५ मेगापिक्सेलको म्याक्रो सेन्सर र १३ मेगापिक्सेलको सेल्फि क्यामेरा छ ।

यो फोन भने बजारमा अप्रिल २२ देखि मात्र उपलब्ध हुने बताइएको छ ।

सामसङले ए५३  र ए३३ दुवैमा ५,००० एमएएचको ब्याट्री उपलब्ध गराएको छ ।

यी दुवै फोन नेपाली बजारमा पनि छिट्टै उपलब्ध हुने जनाइएको छ । साथै यही इभेन्ट मार्फत कम्पनीले ग्यालेक्सी बड्स२ र बड्स लाइभ पनि नयाँ रंगमा सार्वजनिक गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३