close

स्पिकर बिना बज्ने एलजीको नयाँ ओएलईडी टिभी

टेकपाना टेकपाना

साउन २६, २०७९ १३:२३

स्पिकर बिना बज्ने एलजीको नयाँ ओएलईडी टिभी

काठमाडौं । इलेक्ट्रोनिक्स व्यवसायमा विश्वकै ठुलो मध्येको कम्पनी एलजीले स्पिकर बिनै आवाज आउने ओएलईडी टिभी सार्वजनिक गरेको छ ।  दक्षिण कोरियालीको सोल शहरमा आयोजित कार्यक्रम ‘के-डिस्प्ले २०२२’ मार्फत कम्पनीले आफ्नो ९७ इन्चको नयाँ ‘ओएलईडी डट एक्स’ टिभी सार्वजनिक गरेको हो । जसमा आवाजका लागि स्पीकर नरहेको दावी कम्पनीको छ ।

ओएलईडी डट एक्स टेलिभिजनमा कम्पनीको नयाँ फिल्म सीएसओ (सिनेमेटिक साउण्ड ‌‌‌ओएलईडी) प्रयोगमा ल्याएको छ । जसले टिभीको डिस्प्लेमार्फत स्पिकरहरू बिना भाइब्रेट र अडियो उत्पन्न गर्न मद्दत गर्नेछ । यद्यपि डिस्प्ले भित्र ५‍.१ च्यानल साउन्ड सिस्टम जडान गरिएको हुन्छ ।

जसले ‘डिप सिनेमेटिक लेभल’ सिर्जना गर्न सक्ने कम्पनीले दाबी छ। कम्पनीले ल्याएको ‘फिल्म सीएसओ’ र ‘ओएलईडी डट एक्स’ टेलिभिजनमा हुने आवाज बारे भने धेरै कुरा सार्वजनिक गरेको छैन् ।

आवाज बाहेक ओएलईडी डट एक्समा उच्च गुणस्तरीय तथा प्रभावशाली दृश्य पाउन सकिने जनाइएको छ । यसले ओएलईडीको ब्राइटनेसमा ३० प्रतिशतले सुधार गर्ने दाबी कम्पनीको छ ।

कम्पनीले ओएलईडी डट एक्स प्रविधि गत वर्षको पुस(डिसेम्बर २०२१) तिर कम्पनीले प्रयोगमा ल्याएको थियो । यसले वास्तविक रंग र विवरणहरू सिर्जना गरि टिभी हेराइमा नयाँ पन दिन जनाइएको छ ।

यद्यपि एलजीको ओएलईडी डिस्प्लेसहित बजारमा आउने मिति र मूल्य अझै निश्चित भएको छैन । तर, ९७ इन्च ओएलईडी डट एक्स टिभीको मूल्य ३४ लाख नेपाली रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३