close

यसकारण इन्टरनेटमा शेयर गर्नुहुन्न डेटिङ एपका स्क्रिनसट

टेकपाना टेकपाना

असोज १९, २०७९ ७:२७

यसकारण इन्टरनेटमा शेयर गर्नुहुन्न डेटिङ एपका स्क्रिनसट

काठमाडौं । इन्टरनेटको प्रयोग जति बढ्दै गइरहेको छ त्यति नै गोपनीयताको समस्या पनि बढ्दैछ र यो कुनै नौलो कुरा भने होइन । इन्टरनेटमा हरेक दिनजसो नयाँ नयाँ गोपनीयताका समस्याहरू देखा परिरहेका हुन्छन् । पछिल्लो समयमा नेपालमा पनि डेटिङ एपहरुको प्रयोग बढ्दै गइरहेको छ ।

डेटिङ एप प्रयोग गर्न धेरै व्यक्तिगत जानकारीहरू आवश्यक हुन्छ । कसैले टिन्डर, बिहे नेपाल, बम्बल लगायतका डेटिङ एपहरूमा आफ्नो प्रोफाइल बनाउँदा त्यहाँ अन्य प्रयोगकर्ताहरूलाई भेट्न सजिलो बनाउन पर्याप्त व्यक्तिगत जानकारी उपलब्ध गराउनुपर्ने हुन्छ । जसमा प्रायः तपाईंको नाम, उमेर, स्थान, विद्यालय, रुचिहरू, र तपाईंको तस्वीर समावेश हुन्छ।

मानिसहरूले एपमा आफ्नो जानकारीहरू शेयर गर्दा सो एपमा रहेका प्रयोगकर्ताहरू विशेषगरी आफूले सीमित गरेका प्रयोगकर्ताले मात्र देख्ने सोचले विवरण शेयर गर्ने गर्छन् । तर यो पूर्ण सत्य होइन । अहिलेको समयमा इन्टरनेटमा राखिएका सामग्रीहरू सीमित प्रयोगकर्ताको पहुँचमा मात्र रहन्छ भनेर सोच्नु मूर्खता हो । तपाईं आफैले पनि धेरै पटक कसैको प्रोफाइलहरूको स्क्रिनसट लिएर अरूसँग शेयर गर्नुभएको होला ।

यसरी डेटिङ एपको सामग्रीहरू स्क्रिनसट लिएर इन्टरनेटमा शेयर गर्नु घातक हुनसक्छ । तपाईंको सोचाइ गलत नहुन सक्छ तर हरेक इन्टरनेट प्रयोगकर्तालाई विश्वास गर्न सकिदैन । तपाईं एउटा सीमित व्यक्तिहरूको पहुँचमा भएको समूहबाट पूरा विश्वलाई उक्त स्क्रिनसट शेयर गर्नुहुन्छ जुन बिल्कूल अनियन्त्रित हुन्छ ।

उदाहरणको लागि तपाईंले क्षणिक रमाइलोका लागि कोही व्यक्तिको व्यक्तिगत विवरण सहितको प्रोफाइल कुनै सार्वजनिक प्लेटफर्ममा शेयर गर्नुभयो । उक्त प्लेटफर्ममा हजारौं, लाखौं अथवा अर्बको संख्यामा प्रयोगकर्ताहरू हुन्छन् जसको पहुँचमा सो व्यक्तिको व्यक्तिगत विवरण पुग्छ । यो इन्टरनेट हो, र यसमा राम्रो सोच भएका मानिस मात्र हुन्छन भन्ने छैन ।

यो भन्न सकिदैन कि कति प्रयोगकर्ताले सो स्क्रिनसट हेरे वा उक्त पोष्टमा संलग्न भए । कसलाई थाहा छैन कतिले उक्त स्क्रिनसट बारे थप जान्न गुगलमा गए । रेडइट जस्ता प्लेटफर्महरूमा कसैको फोन नम्बर र घरको ठेगाना जस्ता जानकारीको सहितको मेसेजहरूको स्क्रिनसटहरू शेयर गर्न नपाइने नियमहरू छन् ।

तर यो नियमले उमेर र स्थान जस्ता कुराहरूलाई संलग्न गरेको छैन । अर्कोतिर अन्य प्लेटफर्ममा यस्तो स्क्रिनसट शेयर गर्ने कुरा त्यति प्राथमिकतामा परेको छैन । डेटिङ एप स्क्रिनसटहरू शेयर गर्नाले मानिसहरू खतरामा पर्न सक्छन् । त्यो पोष्टमा भएको जानकारी यस प्रयोगकर्तालाई इन्टरनेटमा अन्यत्र हेर्नको लागि प्रशस्त छ ।

सम्भावित रूपमा तिनीहरू कहाँ बस्छन् भनेर पत्ता लगाउन पनि सहज हुनेछ । तपाईंले आफ्नो प्रोफाइलमा कम जानकारी पनि शेयर गर्न सक्नुहुनेछ, तर यसले डेटिङ एपको उद्देश्यलाई पुरा गर्दैन । यसैले पनि जति सक्दो धेरै जानकारीहरू तपाईंले शेयर गर्नुहुन्छ जुन तपाईंकै लागी घातक हुनसक्छ ।

र यदि तपाईं पनि अन्य व्यक्तिहरूको जानकारी इन्टरनेटमा शेयर गर्ने गर्नुहुन्छ भने आजै रोक्नुहोस् । 
 

 

पछिल्लो अध्यावधिक: असोज १९, २०७९ १४:४६