close

स्मार्ट औंठी बनाउँदै सामसङ

टेकपाना टेकपाना

कात्तिक २, २०७९ ११:०

स्मार्ट औंठी बनाउँदै सामसङ

काठमाडौं । दक्षिण कोरियाली प्रविधि कम्पनी सासङले स्मार्ट रिङ अर्थात स्मार्ट औंठी निर्माण  गर्ने भएको छ । स्मार्टफोन तथा स्मार्टवाचमा एन्ड्रोइड तर्फ सबैभन्दा ठुलो बजार हिस्सा ओगट्दै आएको कम्पनीले बजार विस्तारको क्रममा नयाँ परियोजना अघि बढाएको हो । कम्पनीले केही समय अघिमात्रै ग्यालेक्सी वाच ५ र ग्यालेक्सी वाच ५ प्रो सार्वजनिक गरेको थियो ।

स्मार्टवाच सार्वजनिक भएको छोटो समयमै कम्पनीले स्मार्ट रिङ निर्माण अघि बढाएको उल्लेख छ । जसमार्फत प्रयोगकर्ताको क्रियाकलाप तथा स्वास्थ्यको निगरानी गर्न सकिने जनाइएको छ । यसका लागि कम्पनीले रिंङमा आवश्यक पर्ने मोड्युल तथा पार्टका लागि आवश्यक डिजाइन तयार पारि रहेको उल्लेख छ ।

यसअघि कम्पनीले अमेरिकामा स्मार्ट रिङको प्याटेन्ट दर्ता गराएको थियो । जसमा प्रयोगकर्ताको हार्टरेट तथा ईसीजी समेत परिक्षण गरिने जानकारी उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।     
 

पछिल्लो अध्यावधिक: कात्तिक २, २०७९ ११:११