close

जनताको गुनासो सुन्न रवि लामिछानेले सार्वजनिक गरे ह्वाट्सएप नम्बर

टेकपाना टेकपाना

पुस ७, २०७९ १७:४५

जनताको गुनासो सुन्न रवि लामिछानेले सार्वजनिक गरे ह्वाट्सएप नम्बर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभाका सांसद रवि लामिछानेले अनलाइनबाट जनताको गुनासाे सुन्ने भएका छन् । बिहीबार सांसदकाे सपथ लिएका उनले जनताकाे गुनासाे सुन्न आफ्नो ह्वाट्सएप नम्बर सार्वजनिक गरेका हुन् ।

"देशभरका नागरिकका मुद्दा हाम्रो जिम्मेवारी हो," फेसबुक पाेस्टमा उनले लेखेका छन्, "तर, सुरुवात चितवन २ बाट गर्दैछु । चितवन २ मा जे परे पनि मलाई सूचना दिनुहोला । अहिलेलाई ह्वाट्सएपममा  म्यासेज मार्फत (कल होइन) गुनासो सूचना संकलन गर्नेछु ।"

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष निर्वाचित अन्य सांसदले पनि आफ्नो ह्वाट्सएप नम्बर चाँडै सार्वजनिक गर्ने रविको भनाइ छ । तत्काललाई केही गुनासो भए लामिछानेलाई यहाँ क्लिक गरेर वा ह्वाट्सएप नम्बर (९८५१३६०५५५) नम्बरमा मेसेज पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: पुस ७, २०७९ १७:४५