close

मन्त्रिपरिषद्को पहिलो निर्णयः राष्ट्रिय परिचयपत्र, लाइसेन्स र ई-पासपोर्ट वितरण सहज बनाउने

टेकपाना टेकपाना

पुस १२, २०७९ ११:४८

मन्त्रिपरिषद्को पहिलो निर्णयः राष्ट्रिय परिचयपत्र, लाइसेन्स र ई-पासपोर्ट वितरण सहज बनाउने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा बनेको सरकारले राष्ट्रिय परिचयपत्र, सवारी चालक परिचयपत्र, विद्युती राहदानी लगायतका सार्वजनिक सेवामा देखिएका समस्या समाधान गर्न प्रभावकारी याेजना ल्याउने निर्णय गरेकाे छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले गरेका विभिन्न निर्णयमा यी विषय प्राथमिकतामा परेका हुन् ।

नागरिकलाई प्रदान गर्दै आएका आधारभूत सेवा विशेषगरी राष्ट्रिय परिचयपत्र, विद्युतीय राहदानी, सवारीचालक अनुमतिपत्र लगायतका सेवा प्रवाहलाई सुगम, सरल, कम खर्चिलो र झन्झटमुक्त बनाउने, यसमा देखिनेगरी सुधारका काम तत्काल आरम्भ गर्ने र कार्यान्वयन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को पहिलो बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सेवाग्राहीको समस्या समाधान गर्ने आश्वासन दिएका छन् । 

"राहदानी, लाइसेन्स लिने कार्यालयहरूमा लामो लाइनमा बस्नुपर्ने बाध्यता छ," उनले भने, "यसलाई नियन्त्रण गर्ने र प्रभावकारी ढङ्गले काम गर्न केन्द्रित हुनेछौँ । जनताको समस्या समाधान गर्नेतर्फ काम गर्नेछौं," उनले भने ।

पछिल्लो अध्यावधिक: पुस १२, २०७९ १४:२९