close

आफ्नो हेडसेटका लागि आफैं एप तयार गर्न सक्ने सफ्टवेयर ल्याउँदै एप्पल

टेकपाना टेकपाना

माघ १४, २०७९ १६:१

आफ्नो हेडसेटका लागि आफैं एप तयार गर्न सक्ने सफ्टवेयर ल्याउँदै एप्पल

काठमाडौँ । एप्पलले आफ्नो नयाँ मिक्स्ड रियालिटी (एमआर) हेडसेटका प्रयोगकर्तालाई आफैंले आफ्ना लागि आवश्यक एप तयार गर्नसक्ने सफ्टवेयरको विकास गरिरहेको छ ।

ब्लुमबर्गको रिपोर्ट अनुसार कम्पनीले आफ्नो एमआर हेडसेटका लागि भर्चुअल रियालिटी सामग्री विकास गर्न वाल्ट डिज्नी सहित करिब आधा दर्जन मिडिया पार्टनरहरूसँग छलफल गरिरहेको छ ।

यस विषयमा कम्पनीले आधिकारिक अभिव्यक्ति भने दिएको छैन । यो हेडसेट यही सेप्टेम्बर महिनामा सार्वजनिक हुने पनि अनुमान गरिएको छ । यसको मूल्य करिब ३,००० डलर हुने पनि बताइएको छ । 

पछिल्लो अध्यावधिक: माघ १४, २०७९ १६:१