close

सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाएपछि सामाजिक सञ्जालमा #boycottCAN अभियान

टेकपाना टेकपाना

माघ २०, २०७९ १३:४९

सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाएपछि सामाजिक सञ्जालमा #boycottCAN अभियान

काठमाडौं । बलात्कार आरोपमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीकाे 'क्लाेज्ड क्याम्प'मा समावेश गरेको भन्दै सामाजिक सञ्जालमा नेपाल क्रिकेट संघ (क्यान) को विरोध सुरु भएको छ ।

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्वीटर, फेसबुकलगायतका प्लेटफर्ममा यस्ताे अभियान चलाएका छन् । सन्दीपलाई बिहीबारमात्रै क्यानले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बाेलाउने निर्णय गरेको थियो । यसअनुरुप आजदेखि सन्दीपले प्रशिक्षण थालिसकेका छन् ।

नाबालिकलाई बलात्कार गरेको मुद्दा चलिरहेका बेला अभियुक्तलाई राष्ट्रिय टिममा राखेको भन्दै विराेधकर्ताले भोलि शनिबार दिउँसाे १ बजे माइतीघरमा कार्यक्रमसमेत गर्ने भएका छन् । 

ट्वीटरमा तुल्सीराम भुसाल लेख्छन्, ''बलात्कारजस्तो जघन्य अपराधमा आरोपितलाई राष्ट्रको प्रतिनिधित्व गराउन खोज्दै छ @CricketNep  क्रिकेटका मुलीहरु त नाङ्गै हिँडे @PM_nepal_ सरकार कता छ ? भोलि १ बजे माइतीघर जानुहोला #BycottCAN'' 

त्यस्तै अन्बिका गिरी लेख्छिन्, ''सरकार मौन । प्रतिपक्ष मौन । क्यान बलात्कार आरोपीको मतियार ! जनता भन्दैछन्, खबरदार ! भोलि १ बजे माइतीघर । #boycottCAN'

सञ्जय उपाध्याय लेख्छन्, 'बोलौँ मुख खोलौँ। यति सम्वेदनशील विषयमा नबोले केमा बोल्ने ? धिक्कार छ CAN भनियो। #BoycottCAN'' 

त्यस्तै विश्वदिप लामिछाने लेख्छन्, ''CAN बलात्कारको आरोपलागेको र धरौटीमा छुटेकोलाई क्लोज क्याम्पमा राखेर बलात्कारलाई प्रोत्साहन गर्ने, सरकार प्रतिपक्ष संवेदनशील कुरामा मुख नफोर्ने । यो भनेको बलात्कार प्रोत्साहन गर्नु हैन ?''

फेसबुकमा वसन्त गौतम लेख्छन्, ''बलात्कारीको अखाडा' बनुञ्जेल क्यान बहिष्कार गरौं! #bycottCAN'' 

त्यस्तै ट्वीटरमा हिमा विष्ट लेख्छिन्, '' प्रतिपक्षि विहीन सरकार भएपछि अपराध संस्थागत हुन धेरै बेर लाग्दैन । सरकार, प्रतिपक्ष विहीन सरकार र क्यान मुर्दावाद । खबरदारी र पीडितको साथ, भोलि शनिवार १ बजे, माइतीघर, मण्डल #BoyCottCAN #RageAgainstRape सडकदेखि सदनसम्म ।''

पछिल्लो अध्यावधिक: माघ २०, २०७९ १४:१