close

एनसेल र ट्रुफोनको सहकार्य, अब ई-सिम सहजै पाइने

टेकपाना टेकपाना

फागुन १७, २०७९ १८:५

एनसेल र ट्रुफोनको सहकार्य, अब ई-सिम सहजै पाइने

काठमाडौं । नेपालमा ई-सिम वितरण गर्न माेबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटाले ट्रुफोनसँग सहकार्य गरेको छ । बेलायतस्थित ग्लोबल मोबाइल नेटवर्क कम्पनी ट्रुफोनले एनसेलका प्रयोगकर्तालाई ई-सिम वितरण गर्न यो सहकार्य भएको हो ।

यो सहकार्यले ट्रुफोनको रिमोट सिम प्रोभिजनिङ प्लेटफर्म (RSP), ई-सिम लन्च प्याडमार्फत ई-सिम कार्यान्वयनमा ल्याउने बताइएको छ । यसका माध्यमबाट एनसेलका एक करोड ७० लाख बढी प्रयोगकर्ता लाभान्वित हुने अपेक्षा गरिएको छ ।

त्यसबाहेक ई-सिम कार्यान्वयनमा ल्याउन सो कम्पनीले व्यवस्थित तरिकाले छिटो र सहजै प्रोफाइल डाउनलोड गर्ने, सेल्फ-सर्भिस जस्ता सुविधा प्रदान गर्ने विश्वास गरिएको छ । यो सहकार्यका माध्यमबाट अब एनसेल प्रयोगकर्ताले चुस्त दुरुस्त रूपमा आफ्नो भौतिक सिमलाई ई-सिममा परिणत गर्नसक्ने एनसेलका सीईओ एन्डी चोङले बताएका छन् ।

ई-सिम प्रोग्रामिङ गरिएको एउटा त्यस्तो चिप हो, जुन तपाईँको स्मार्टफोन, ट्याब्लेट वा स्मार्टवाच तयार गर्दा नै त्यसैभित्र समावेश गरिएको हुन्छ ।

यस सिमले भौतिक सिमले दिने सेवा उपलब्ध गराउँछ । उक्त सिमलाई भने सफ्टवेयरद्वारा प्रोग्राम गरिएको हुन्छ । त्यसबाहेक पनि ई-सिम भौतिक सिमको तुलनामा सुरक्षित हुन्छ भने डिभाइस हराउँदा सो सिम जोकोहीले हटाउन सक्दैन ।

पछिल्लो अध्यावधिक: फागुन १७, २०७९ १८:५