close

ब्यालेन्स सकिँदा वा डेटा नहुँदा पनि अब खल्ती एप निःशुल्क चलाउन सकिने

टेकपाना टेकपाना

फागुन २५, २०८१ १२:३०

ब्यालेन्स सकिँदा वा डेटा नहुँदा पनि अब खल्ती एप निःशुल्क चलाउन सकिने

काठमाडौं । डिजिटल वालेट खल्तीले एनसेलसँग सहकार्य गर्दै आफ्ना प्रयोगकर्ताका लागि डिजिटल पहुँच विस्तार गरेको छ । यसअन्तर्गत एनसेल प्रयोगकर्ताले सिममा ब्यालेन्स सकिँदा वा डेटा नहुँदा पनि निःशुल्क खल्ती एप प्रयोग गर्न सक्नेछन् । 

निःशुल्क खल्ती एप चल्ने भएकाले इन्टरनेट पहुँच नपुगेका ग्रामीण भेगका व्यक्तिहरूले डिजिटल सेवामार्फत सजिलै आफ्नो एनसेलको रिचार्ज, डेटा तथा भ्वाइस प्याकेज खरिद गर्नसक्ने खल्तीले जनाएको छ ।

त्यस्तै सहर तथा अन्य स्थानका प्रयोगकर्ताका लागि पनि आपतकालीन अवस्थामा यो सेवा निकै उपयोगी हुने विश्वास गरिएको छ ।

यस सुविधामार्फत प्रयोगकर्ताले डेटा प्याक खरिद गर्न तथा इन्टरनेट पहुँच प्राप्त गर्न सक्नेछन् । साथै, इन्टरनेट प्रयोग गरी खल्तीमार्फत बिजुली, खानेपानी, टिभी र अन्य सेवाहरूको भुक्तानीसँगै रेमिट्यान्स, स्क्यान एन्ड पे, चलचित्र टिकट, इभेन्ट टिकट तथा खल्ती क्विज जस्ता इनोभेटिभ सेवा प्रयोग गर्न सकिने खल्तीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: फागुन २५, २०८१ १२:४१