close

च्याटजीपीटीले उपलब्ध गराएका सूचनाको स्रोत चाहियो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत ३, २०७९ १७:३९

च्याटजीपीटीले उपलब्ध गराएका सूचनाको स्रोत चाहियो ? यसो गर्नुहोस्

काठमाडौं । प्रश्न सोधेको केही सेकेन्डमै ‍च्याटजीपीटीमा उत्तर पाउन सकिन्छ । तर त्यसका स्रोत के हुन्, कहाँबाट ती सूचना ल्याएको हो भन्ने जानकारी भने च्याटजीपीटीले दिँदैन । च्याटजीपीटीबारे गरिने सबैभन्दा ठूलो गुनासो नै यही रहेको छ । 

तर यदि तपाईंले सही तरिकाले प्रम्ट (Prompt) लेख्न जान्नु भएको छ भने च्याटजीपीटीले पनि स्रोत उपलब्ध गराउँछ  । आज हामी च्याटजीपीटीले उपलब्ध गराएको सूचनाको स्रोत कसरी पत्ता लगाउने भन्नेबारे जानकारी दिँदै छौँ:

कुनै जिज्ञासा लेख्नुहोस्

तपाईंलाई लागेको कुनै जिज्ञासाबारे च्याटजीपीटीलाई सोध्नुहोस् । प्राय: लामो उत्तर आउने प्रश्नहरुमा स्रोत वा उद्धरण चाहिने हुन्छ । यसैले त्यस्तै प्रकारका प्रश्न सोध्नुभए राम्रो हुन्छ ।

तर जीपीटी थ्रीले सन् २०२१ पछाडिको कुनै पनि सूचना उपलब्ध गराउँदैन । प्रश्न सोध्दा तपाईंले यो कुराको भने ख्याल गर्नुपर्ने हुन्छ ।

स्रोत उपलब्ध गराउन भन्नुहोस्

उत्तर उपलब्ध गराएपछि तीनको स्रोत उपलब्ध गराउन भनेर पुन: च्याटजीपीटीलाई भन्नुहोस् । जस्तै: माथि उल्लेख गरेका कुराबारे १० वटा यूआरएल (URL) स्रोत उपलब्ध गर ।

च्याटजीपीटीले उपलब्ध गराएको सूचनाहरुको स्रोत थाहा पाउने यो एक विकल्प हो ।

स्रोतको प्रमाणीकरण गर्नुहोस्

माथिको विधिबाट उपलब्ध भएका धेरै स्रोतहरू गलत हुन सक्छन् । यसकारण यसरी उपलब्ध हुने स्रोतलाई विश्वास भने गरिहाल्नु हुँदैन । तीनलाई प्रमाणीकरण गर्नुपर्छ ।

च्याटजीपीटीले त्यसरी उपलब्ध गराउने धेरैजसो यूआरएल खुल्दैनन् । वा कतिपय गलत यूआरएल हुन्छन् । यदि त्यस्ता छन् भने च्याटजीपीटीलाई फेरि स्रोत उपलब्ध गराउन भन्नुपर्छ ।

च्याटजीपीटीले उपलब्ध गराउने स्रोत किन गलत हुन्छन् ?

च्याटजीपीटीले स्रोतका लागि उपलब्ध गराएको धेरैजसो रट (rot) लिङ्क हुन्छन् । यस प्रकारका लिङ्कहरु विभिन्न कारणले काम  नगर्ने हुन्छन् । धेरै सो लिङ्कहरु तीन वर्ष भन्दा पुराना छन् ।

यसले गर्दा कतिपय लिङ्क परिवर्तन भइसकेका हुन्छन् । त्यस्तै केही लिङ्क छोटो समयमा नै एक्स्पायर भइसकेको हुन्छ । यसैले च्याटजीपीटीले उपलब्ध गराउने स्रोतहरु गलत हुने गर्छन् ।

पछिल्लो अध्यावधिक: चैत ३, २०७९ १७:३९