close

विन्डोज १२ मा नयाँ के आउलान् ?

टेकपाना टेकपाना

चैत ४, २०७९ १८:१७

विन्डोज १२ मा नयाँ के आउलान् ?

काठमाडौं । माइक्रोसफ्ट नयाँ विन्डोज अपरेटिङ सिस्टमको तयारीमा जुटेको छ । हालै कम्पनीले विन्डोज इन्साइडर प्रोग्राममा ठूलो परिवर्तन ल्याउने घोषणा गरेको छ ।

ग्राहकलाई उपलब्ध गराउनुअघि सीमित प्रयाेगकर्ता (टेक्निकल युजर) ले इन्साइडर प्रोग्राममा यो अपरेटिङ सिस्टमको अनुभव गर्न पाउनेछन् ।यसका लागि माइक्रोसफ्टले 'क्यानरी' (Canary) नामको नयाँ च्यानल सिर्जना गरेकाे छ, जहाँ परीक्षण अवधिभर प्रयाेगकर्ताले आफ्ना प्रतिक्रिया र सुझाव दिनेछन् । 

'क्यानरी' च्यानल साइनअप गर्ने प्रयोगकर्तालाई कम्तीमा ८ जीबी स्टोरेजका साथ निःशुल्क यूएसबी फ्ल्याश  ड्राइभ प्रदान गर्ने कम्पनीले जनाएको छ ।

सन् २०२४ मा फाइनल रिलिज गर्ने तयारी गरिएको विन्डोज १४ एआई-आधारित अपरेटिङ सिस्टम हुने चर्चा छ । साथै विन्डोज कर्नेल र एपीआईमा धेरै परिवर्तन आउने बताइएको छ ।

कस्ता आउलान् फिचर ?

नयाँ डेस्कटप युजर इन्टरफेस

विन्डोज १२ सँगै प्रयोगकर्ताले माइक्रोसफ्टको नयाँ युजर इन्टरफेस अनुभव गर्न पाउनेछन् । यो त्यस्तो यूआई हुनेछ, जुन अहिलेसम्म कतै प्रयोगमा आएको छैन ।

नयाँ युजर इन्टरफेसमा म्याक ओएस जस्तै फ्लोटिङ टास्कबार हुने विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । 

एआई इन्टिग्रेसन

पछिल्लो समय माइक्रोसफ्टले आफ्ना हरेक सेवामा एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स फिचर समावेश गरिरहेको छ । भाइरल च्याटजीपीटीको चर्चासँगै कम्पनीले आफ्नो सर्च इन्जिन बिङमा पनि एआई समावेश गरेको छ ।

यससँगै टिम्सको प्रिमियम भर्सनका प्रयोगकर्ताले पनि एआईको फाइदा उठाइरहेका छन् ।

नयाँ अपरेटिङ सिस्टममा कम्पनीले एआईलाई परिमार्जन गर्ने अपेक्षा गर्न सकिन्छ । विशेषगरी नयाँ ओएसमा 'ड्यालई टु' र 'जीपीटी थ्री' जस्ता एआईमा सहजै एक्सेस पाउन सकिनेछ ।

परिमार्जित विन्डोज एक्सप्लोरर र नोटप्याड

फाइल एक्सप्लोररको ट्याब यसअघिकै अपडेटमा उपलब्ध हुनेछ । अब नयाँ अपडेटले ट्याबमा नोटप्याड पनि समावेश गर्ने अपेक्षा गरिएको छ ।

यसका माध्यमबाट एकैपटक धेरै नोटप्याड विन्डोज खोल्न सकिनेछ । जसले गर्दा एकैपटक विभिन्न नोटप्याडबाट टेक्स्ट एडिट गर्न सकिन्छ ।

अन्य फिचरहरू

कम्पनीले नयाँ अपडेटसँगै विन्डोज ११ का कमी-कमजोरी सुधार्दै लग्ने अपेक्षा गरिएको छ । नयाँ विन्डोजले टच-स्क्रिन डिभाइस सपोर्ट गर्ने विश्वास छ ।

त्यसबाहेक पनि विन्डोज १२ मा सेटिङ ट्याबसहितको कन्ट्रोल प्यानल हुनेछ । त्यस्तै केही विज्ञहरूले विन्डोज १२ ले अमेजन एप प्रयोग गरेर एन्ड्रोइड इन्स्टल गर्दा आउने समस्यालाई समाधान गर्ने अपेक्षा लिइएकाे छ ।

विन्डोज १२ का लागि के के आवश्यक पर्छ ?

सन् २०२१ मा विन्डोज ११ सार्वजनिक हुँदा डिभाइसको सिस्टममा हुनुपर्ने न्यूनतम आवश्यकता भनिएको थियो । विन्डोज १२ मा पनि यी आवश्यकता लागू हुनेछन् ।

-   मेमोरीः ४ जीबी वा यो भन्दा बढी र्‍याम 

-   टीपीएमः ट्रस्टेड प्लेटफर्म मोड्युल (टीपीएम) २.०

-   स्टाेरेजः न्यूनतम ६४ जीबी स्टोरेज, ८ जीबी र्‍याम र १ गिगाहर्ज सीपीयू क्लक स्पिड

-   प्रोसेसरः ६४ बिट

-   डिस्प्लेः प्रति कलर प्यानल ८ बिट र ७२० पिक्सेल रेजोलुसन

-   ग्राफिक्स कार्ड: टु ड्राइभर

यी विवरण बाहिरिएका सूचनाका आधारमा तयार पारिएको सिस्टम रिक्वायरमेन्ट हुन् । यसबारे थप विवरण चाँडै सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: चैत ४, २०७९ १८:१७