close

फुटबलमा आज नेपाल र लाओस भिड्दै, खल्ती वालेटबाट टिकट काट्न सकिने

टेकपाना टेकपाना

चैत ८, २०७९ १६:४२

फुटबलमा आज नेपाल र लाओस भिड्दै, खल्ती वालेटबाट टिकट काट्न सकिने

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत आज  नेपाल र लाओसबीच पहिलो खेल हुँदैछ ।

साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने सो खेलको टिकट खल्ती डिजिटल वालेटमार्फत खरिद गर्न सकिने भएको छ ।

यसका लागि खल्ती एप खोली होम पेजमा रहेको 'Watch Nepal vs Laos Football Match' अप्सनमा ट्याप गर्नुपर्नेछ ।

खेलका लागि साधारण प्याराफिटतर्फ ५०० रुपैयाँ र भीआईपीतर्फ एक हजार रुपैयाँ टिकेट मूल्य तोकिएको छ ।

पछिल्लो अध्यावधिक: चैत ८, २०७९ १७:२४