close

दैनिक जीवनमा उपयोगी ५ वेबसाइट

टेकपाना टेकपाना

चैत ९, २०७९ ९:६

दैनिक जीवनमा उपयोगी ५ वेबसाइट

काठमाडौं । विश्वमा हरेक दिन लाखौं संख्यामा विभिन्न वेबसाइटहरु लञ्च (सार्वजनिक) हुने गर्छन् । वेबसाइटसेटअपका अनुसार दिनमा ‌‍औसत पाँच लाख वेबसाइट लञ्च हुन्छन् । तर सबै वेबसाइट हाम्रा लागि उपयाेगी नहुन सक्छन् ।

तर हामी त्यस्ता वेबसाइटकाे कुरा गर्दैछाैँ, जसबाट हामीले मनोरञ्जनसँगै ज्ञान लिन सक्छाैं । यी वेबसाइटमा हाम्राे दैनिक जीवनमा निकै उपयाेगी हुनसक्छन् ।

रेडियो गार्डेन

नाम जस्तै यस वेबसाइटमा विश्वभरका धेरैजसो रेडियो एकै ठाउँमा सुन्न सकिन्छ । यसको विशेषता भनेको तपाईंले ग्लोबलाई चलाएर फरक फरक रेडियो सुन्न सक्नुहुन्छ ।

ग्लोबमा हुने हरियो डटले सहरलाई जनाउँछ । तपाईंले ग्लोबलाई घुमाउँदै जानुभयो भने त्यहाँ भएका रेडियोहरू तपाईंले सुन्न सक्नुहुन्छ ।

द डीप सी

 

समुद्रका बारेमा तपाईंलाई कतिको ज्ञान छ ? तपाईंलाई त्यहाँ भएका जीवहरुको बारे कुनै ज्ञान छ त ? यदि यस्ता प्रश्नहरूको उत्तरको खोजीमा हुनुहुन्छ भने यो वेबसाइट धेरै उपयोगी हुन्छ ।

वेबसाइटमा तपाईंले समुद्रको गहिराइअनुसार त्यहाँ बस्ने जीवहरू बारे थाहा पाउन सक्नुहुन्छ । यसका लागि तपाईँ वेबसाइटमा गएर स्क्रोल गर्दै जानुपर्छ । 

यसबाहेक यस वेबसाइट बनाउने प्यारेन्ट कम्पनी नियल फनले त्यस्ता धेरै वेबसाइट बनाएका छन्, जहाँ रमाइलो गर्दै नयाँ कुरा सिक्न सकिन्छ ।

पेपर साइज्

कागजका विभिन्न आकारहरू यस वेबसाइटबाट थाहा पाउन सकिन्छ । सन् २०१७ मा लञ्च भएको यस वेसबाइटमा कागजको आकारबारे अन्तर्राष्ट्रिय मापदण्ड  हेर्न सकिन्छ ।

त्यस्तै विभिन्न प्रकारका कागजको आकारहरु एकअर्कासँग तुलना गर्न सकिन्छ । यस वेबसाइटमा करिब २५० बढी आकारका कागजहरू हेर्न सकिन्छ । विशेष गरेर फोटोशप प्रयोग गर्नेहरुका लागि यो वेबसाइट निकै उपयोगी हुने देखिन्छ । 

हेभन्स् एभोभ (Heavens Above)

मानिसहरूलाई मानव निर्मित भू-उपग्रहरूको ट्र्याक गर्नका लागि यो वेबसाइटको विकास गरिएको हो । यसबाट पथ्वीको कहाँ कहाँ भू-उपग्रहहरु छन् भनेर हेर्न सकिन्छ । त्यस्तै इन्टरनेसनल स्पेस स्टेसन कहाँबाट पृथ्वीलाई परिक्रमा गरिरहेको छ भनेर पनि हेर्न सकिन्छ ।

त्यस्तै अन्तरिक्षमा कति जना मानिस छन्, को-को छन् भनेर थाहा पाउन यहाँ क्लिक गरी आउने अर्को वेबसाइट उपयोगी हुन्छ । यी वेबसाइट अन्तरिक्ष विज्ञानमा रुचि राख्नेहरूका लागि निकै उपयोगी हुन्छन् ।

 

र्‍यान्डम

कहिलेकाहीँ तपाईँलाई कुनै एउटा नम्बर, सिक्काको कुनै पाटो, डाइसको कुनै एउटा पाटो जस्ता भाग चाहिन्छ । यसका लागि यो वेबसाइट काममा आउन सक्छ ।

वेबसाइटले यस्ता र्‍यान्डम कुराहरू जेनेरेट गर्न  मद्दत गर्छ । यसलाई तपाईंले कुनै खेल खेल्दा, कसको पालो हुने भनेर निर्क्योल गर्न जस्ता काम गर्न यो वेबसाइट उपयोगी हुन्छ ।

पछिल्लो अध्यावधिक: चैत ९, २०७९ ९:६