close

राष्ट्रिय जनगणनाः अनलाइनमा यसरी हेर्नुहोस् आफ्नो ठाउँको विवरण

टेकपाना टेकपाना

चैत १०, २०७९ १४:२६

राष्ट्रिय जनगणनाः अनलाइनमा यसरी हेर्नुहोस् आफ्नो ठाउँको विवरण

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय तथ्याङ्क विभाग अनलाइनबाटै जनगणना विवरण हेर्न मिल्ने व्यवस्था मिलाएकाे छ । यसका लागि सबैभन्दा पहिले यहाँ ​क्लिक गर्नुहोस् । यसपछि स्क्रिनमा सबैभन्दा सुरुमा तपाईँले जनसंख्याको आकार भनेर देख्न सक्नुहुन्छ । यहाँ नेपाली र अंग्रेजी दुवै भाषामा सामग्री हेर्न सकिन्छ ।

आफूले चाहे अनुसारको भाषा परिवर्तन गर्न स्क्रिनको दायाँतिर सबैभन्दा माथि नेपालको झन्डामा 'ने' र बेलायतको झन्डामा 'EN' लेखेको देख्न सक्नुहुन्छ । त्यहाँ क्लिक गरेर नेपाली वा अंग्रेजी भाषा छनाेट गर्नुहाेस् ।

वेबसाइटको होमपेजमा नेपालको जनसंख्याको पूरा आकार नक्सासहित देखाइएको छ । उक्त नक्सामा भएको विभिन्न जिल्लाका नक्साहरूमा क्लिक गरेर उक्त जिल्लाको कुल जनसंख्या कति छ भनेर थाहा पाउन सकिन्छ । अथवा सोही नक्साको माथि रहेको डेटाको प्रकार, नक्साको प्रकार र जिल्ला लेखिएको छ ।

डेटाको प्रकारमा क्लिक गरेर आफ्नै स्वामित्वमा घर भएको परिवारको संख्या, भाडामा बसोबास गर्ने घरपरिवारको अनुपात, देशबाहिर रहेका महिला तथा पुरुषको अनुपात लगायत आफूले चाहेको विषयमा क्लिक गर्नुहोस् ।

यसपछि सँगै रहेको नक्साको प्रकारमा जिल्लाको नक्सामा हेर्ने हो वा प्रदेशको नक्सामा हेर्ने हो छनोट गरी साइडमा रहेको जिल्लाको अप्सनमा गएर आफूले डेटा हेर्न चाहेको जिल्लाको नाममा क्लिक गर्नुहोस् ।

यसैगरी स्क्रिनको बायाँपट्टि पाँचओटा अप्सन दिइएका छन् । जसमध्ये घरपरिवारको विषयमा जान्नको लागि 'घरपरिवार' को अप्सनमा क्लिक गर्नुहोस् । सोही अप्सनको तलपट्टि रहेको 'प्रदेश छान्नुहोस्' मा गएर आफूले चाहेको प्रदेशको नाममा क्लिक गर्नुहोस् ।

यसपछि जिल्लाको नाममा क्लिक गर्नुहोस् र स्थानीय तहमा क्लिक गरेर घरपरिवारको विवरण पाउन सकिन्छ । यसै पेजमा अलिकति स्क्रोल गरेर तल गएर घरपरिवारले पाएको सुविधा, मृत्युसम्बन्धी विवरण, घर, जग्गामा महिलाको स्वामित्व लगयातका विवरणहरू पाउन सकिन्छ ।

त्यसैगरी जनसङ्ख्यामा गएर कुल जनसंख्या, वैवाहिक स्थिति, जन्मदर्ता, बसोबासका अवस्था लगायतका विवरणहरू पाउन सकिन्छ । जनसंख्याको पूर्ण रिपोर्टको लागि भने डाउनलोड अप्सनमा गएर क्लिक गरेर राष्ट्रिय रिपोर्टमा क्लिक गरेपछि प्राप्त गर्न सकिन्छ ।

हाल साइटमा भाषा, धर्म र जातजातिका आधारमा जनसंख्याको तथ्याङ्क साइटमा राख्न भने बाँकी नै रहेको छ ।

पछिल्लो अध्यावधिक: चैत १०, २०७९ १४:२६